२०८३, १० कार्तिक मंगलबार

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान


काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको सोमबार राति करिब २ बजे मृत्यु भएको हो।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका मण्डलले असार २५ गते घरबाट निस्किएपछि सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

यससँगै पछिल्ला दिनमा आत्मदाहको प्रयासपछि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि मुगुका गणेश नेपाली र आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भइसकेको थियो।

लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य, सामाजिक दबाब तथा राज्यका सेवा–प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले घटनाका कारणबारे अनुसन्धान गरिरहेका छन्।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ८ : ४९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना