२०८३, १८ आश्विन सोमबार

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान

आत्मदाह प्रयास गर्ने तेस्रो व्यक्तिको पनि मृत्यु, विवेक मण्डलले उपचारकै क्रममा गुमाए ज्यान


काठमाडौं । आत्मदाहको प्रयास गरेका सर्लाहीका ३४ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको सोमबार राति करिब २ बजे मृत्यु भएको हो।

सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका मण्डलले असार २५ गते घरबाट निस्किएपछि सडकमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका थिए। गम्भीर अवस्थामा रहेका उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवाबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर कीर्तिपुर बर्न अस्पतालमा भर्ना गरिएको थियो।

चिकित्सकहरूको निरन्तर प्रयासका बाबजुद उनको ज्यान बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ।

यससँगै पछिल्ला दिनमा आत्मदाहको प्रयासपछि ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। यसअघि मुगुका गणेश नेपाली र आश्विन राउतको पनि उपचारका क्रममा मृत्यु भइसकेको थियो।

लगातार भइरहेका यस्ता घटनाले मानसिक स्वास्थ्य, सामाजिक दबाब तथा राज्यका सेवा–प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले घटनाका कारणबारे अनुसन्धान गरिरहेका छन्।

प्रकाशित मिति : २०८३, २९ असार मंगलबार  ८ : ४९ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय