२०८३, १० कार्तिक मंगलबार

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी


काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउन प्रहरी वृत्त कालिमाटी पुगेका छन्।

प्राप्त जानकारीअनुसार परिवारले काठमाडौं महानगरपालिका र ड्युटीमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गराउने तयारी गरेको हो।

प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेशकुमार सिंहले परिवार कानुनी प्रक्रिया अघि बढाउन सोमबार बिहान प्रहरी कार्यालय पुगेको पुष्टि गरे। उनका अनुसार हालसम्म औपचारिक रूपमा जाहेरी दर्ता भने भइसकेको छैन।

“उहाँहरू कानुन व्यवसायीसँग परामर्श गरेर जाहेरी तयार गर्ने प्रक्रियामा हुनुहुन्छ,” डीएसपी सिंहले भने, “जाहेरी प्राप्त भएपछि दर्ता हुने वा नहुने, कसलाई प्रतिवादी बनाउने र कुन आधारमा अनुसन्धान अघि बढाउने भन्ने विषय कानुनी प्रक्रियाअनुसार तय हुन्छ।”

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेटअगाडि मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएका थिए। त्यसपछि नगर प्रहरी र गणेशबीच विवाद भएको थियो।

विवाद लगत्तै गणेशले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि नगर प्रहरीको व्यवहार र महानगरको कार्यशैलीबारे सार्वजनिक रूपमा व्यापक बहस भइरहेको छ। यसैबीच मृतकका परिवारले कानुनी कारबाहीको माग गर्दै ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि घटनाले नयाँ कानुनी र सामाजिक आयाम लिएको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : २७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना