२०८३, २८ असार सोमबार

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी


काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले काठमाडौं महानगरपालिका र घटनास्थलमा खटिएका नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउन प्रहरी वृत्त कालिमाटी पुगेका छन्।

प्राप्त जानकारीअनुसार परिवारले काठमाडौं महानगरपालिका र ड्युटीमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गराउने तयारी गरेको हो।

प्रहरी वृत्त कालिमाटीका डीएसपी नरेशकुमार सिंहले परिवार कानुनी प्रक्रिया अघि बढाउन सोमबार बिहान प्रहरी कार्यालय पुगेको पुष्टि गरे। उनका अनुसार हालसम्म औपचारिक रूपमा जाहेरी दर्ता भने भइसकेको छैन।

“उहाँहरू कानुन व्यवसायीसँग परामर्श गरेर जाहेरी तयार गर्ने प्रक्रियामा हुनुहुन्छ,” डीएसपी सिंहले भने, “जाहेरी प्राप्त भएपछि दर्ता हुने वा नहुने, कसलाई प्रतिवादी बनाउने र कुन आधारमा अनुसन्धान अघि बढाउने भन्ने विषय कानुनी प्रक्रियाअनुसार तय हुन्छ।”

गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको तेस्रो गेटअगाडि मोटरसाइकल पार्किङ गरेपछि काठमाडौं महानगरपालिकाका नगर प्रहरीले गणेश नेपालीको मोटरसाइकलमा ह्वील लक लगाएका थिए। त्यसपछि नगर प्रहरी र गणेशबीच विवाद भएको थियो।

विवाद लगत्तै गणेशले मोटरसाइकलको ट्यांकीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको थियो।

घटनापछि नगर प्रहरीको व्यवहार र महानगरको कार्यशैलीबारे सार्वजनिक रूपमा व्यापक बहस भइरहेको छ। यसैबीच मृतकका परिवारले कानुनी कारबाहीको माग गर्दै ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएपछि घटनाले नयाँ कानुनी र सामाजिक आयाम लिएको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : २७ बजे

अमेरिकी आक्रमणपछि इरानको कडा चेतावनी : सहयोग गर्ने खाडी राष्ट्र पनि निशानामा पर्ने

काठमाडौं । अमेरिकाले हालै इरानमाथि गरेको आक्रमणपछि इरानले खाडी क्षेत्रका

‘गौरव’को नाममा २७ आयोजना, उपलब्धि शून्यजस्तै ! योजना आयोगको निष्कर्ष-अब १० वटामै सीमित गरौं

काठमाडौं । वर्षौंसम्म बजेट खर्चिए पनि अधिकांश राष्ट्रिय गौरवका आयोजना

गणेश नेपाली मृत्यु प्रकरण : महानगर र नगर प्रहरीविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी

काठमाडौं। आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई ज्यान गुमाएका मुगुका

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले

अविरल वर्षापछि देशभरका राजमार्ग प्रभावित, बिपी र अरनिकोसहित धेरै सडक बन्द

काठमाडौं । लगातारको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण