२०८३, १० कार्तिक मंगलबार

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान


काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सुरक्षित बाहिर निस्कन सफल भएका छन्।

प्रहरीका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७:४५ बजे खोला तर्ने क्रममा बाढीमा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला पार गर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्टमाथि पानीको बहाव एक्कासि बढेपछि ट्रक बगाएको हो।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले पौडिएर ज्यान जोगाएका छन्। घटनामा उनको खुट्टामा सामान्य चोट लागेको छ। हाल हेटौंडा–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीले बगाएको ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढिरहेकाले जोखिमयुक्त स्थानबाट आवतजावत नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : २२ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना