२०८३, २७ भाद्र आईतबार

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान

कर्रा खोलाको बाढीले ट्रक बगायो, चालकले पौडिएर जोगाए ज्यान


काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ स्थित कर्रा खोलामा आएको बाढीले सोमबार बिहान एउटा १२ चक्के ट्रक बगाएको छ। ट्रक चालक भने पौडिएर सुरक्षित बाहिर निस्कन सफल भएका छन्।

प्रहरीका अनुसार शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरेर फर्किरहेको ना ७ ख ७६५ नम्बरको ट्रक बिहान करिब ७:४५ बजे खोला तर्ने क्रममा बाढीमा परेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला पार गर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्टमाथि पानीको बहाव एक्कासि बढेपछि ट्रक बगाएको हो।

ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी ३४ वर्षीय दीपक थिङले पौडिएर ज्यान जोगाएका छन्। घटनामा उनको खुट्टामा सामान्य चोट लागेको छ। हाल हेटौंडा–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।

बाढीले बगाएको ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढिरहेकाले जोखिमयुक्त स्थानबाट आवतजावत नगर्न प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ११ : २२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।