२०८३, १० कार्तिक मंगलबार

कोशी-बागमतीमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

कोशी-बागमतीमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदली रहने तथा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि वर्षा अझ सक्रिय रहने विभागले जनाएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा र केही स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मधेश प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागको अनुमान छ। विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षय हुने जोखिम बढेकाले नदी–खोलाको आसपास, पहाडी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै, प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ८ : २५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना