२०८३, १८ आश्विन सोमबार

कोशी-बागमतीमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

कोशी-बागमतीमा भारीदेखि अति भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार हाल देशभर मनसुनी वायु सक्रिय छ भने मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अधिकांश क्षेत्रमा बदलीसँगै वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदली रहने तथा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि वर्षा अझ सक्रिय रहने विभागले जनाएको छ। विशेषगरी कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा र केही स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। मधेश प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा वर्षासँगै हिमपातसमेत हुन सक्ने विभागको अनुमान छ। विभागले भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भू–क्षय हुने जोखिम बढेकाले नदी–खोलाको आसपास, पहाडी तथा पहिरो जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यस्तै, प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन, पर्वतारोहण र दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तथा अन्य गतिविधि सञ्चालन गर्न विभागले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८३, २८ असार सोमबार  ८ : २५ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय