२०८३, १८ आश्विन सोमबार

गणेशपछि फेरि सर्लाहीका विवेक मण्डलले लगाए शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

गणेशपछि फेरि सर्लाहीका विवेक मण्डलले लगाए शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनाको झट्का नसेलाउँदै सर्लाहीमा पनि उस्तै प्रकृतिको अर्को घटना भएको छ।

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्।

घटनामा उनी गम्भीर रूपमा घाइते भएका छन्। उनको अवस्था अत्यन्तै नाजुक रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिएका छन्।

घिमिरेका अनुसार मण्डललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। “हेलीबाट उद्धारको तयारी भइरहेको छ। अवस्था चिन्ताजनक छ,” उनले बताए।

मुगुका गणेश नेपालीको मृत्युले देशभर आक्रोश र बहस चर्किरहेका बेला दुई दिनमै अर्को आत्मदाह प्रयासको घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक निराशा र संकटमा परेका व्यक्तिहरूलाई समयमै सहयोग पुर्‍याउने विषय फेरि गम्भीर रूपमा उठेको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ६ : १४ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय