२०८३, १० कार्तिक मंगलबार

गणेशपछि फेरि सर्लाहीका विवेक मण्डलले लगाए शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

गणेशपछि फेरि सर्लाहीका विवेक मण्डलले लगाए शरीरमा आगो, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै


काठमाडौं । मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको घटनाको झट्का नसेलाउँदै सर्लाहीमा पनि उस्तै प्रकृतिको अर्को घटना भएको छ।

सर्लाहीको गोडैता नगरपालिका–१० निवासी ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाई आत्मदाहको प्रयास गरेका हुन्।

घटनामा उनी गम्भीर रूपमा घाइते भएका छन्। उनको अवस्था अत्यन्तै नाजुक रहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले जानकारी दिएका छन्।

घिमिरेका अनुसार मण्डललाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको छ। “हेलीबाट उद्धारको तयारी भइरहेको छ। अवस्था चिन्ताजनक छ,” उनले बताए।

मुगुका गणेश नेपालीको मृत्युले देशभर आक्रोश र बहस चर्किरहेका बेला दुई दिनमै अर्को आत्मदाह प्रयासको घटना सार्वजनिक भएपछि मानसिक स्वास्थ्य, सामाजिक निराशा र संकटमा परेका व्यक्तिहरूलाई समयमै सहयोग पुर्‍याउने विषय फेरि गम्भीर रूपमा उठेको छ। प्रहरीले घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ६ : १४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना