२०८३, १९ आश्विन मंगलबार

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा


काठमाडौं । गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युले चर्किएको जनआक्रोशबीच सरकारले अन्ततः उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको घोषणा गर्दै घटनाको गहिरो अनुसन्धान सुरु भएको जानकारी दिए। गृहमन्त्रीका अनुसार घटनाको क्रममा भएको व्यवहार, जिम्मेवारी र सम्भावित लापरबाहीको अनुसन्धान गर्न काठमाडौं महानगर प्रहरीका तीन जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाह गरेपछि उपचारकै क्रममा ज्यान गुमाएका थिए। त्यसयता घटनालाई लिएर सरकार, सुरक्षा निकाय र काठमाडौं महानगरपालिकामाथि चौतर्फी प्रश्न उठिरहेका छन्। सडकदेखि सदनसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग चर्किरहेका बेला सरकारले डीआईजी नेतृत्वमा समिति गठन गरेको हो।

अब समितिको प्रतिवेदनले आत्मदाहसम्म पुग्न बाध्य बनाउने कारण, घटनास्थलमा खटिएका सुरक्षाकर्मीको भूमिका र राज्य संयन्त्रको जिम्मेवारीबारे स्पष्ट तस्वीर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ४ : १५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि