२०८३, १० कार्तिक मंगलबार

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा

आत्मदाह प्रकरणले हल्लायो सरकार : डीआईजी नेतृत्वमा छानबिन समिति, ३ महानगर प्रहरी नियन्त्रणमा


काठमाडौं । गणेश नेपालीको आत्मदाह र उपचारका क्रममा भएको मृत्युले चर्किएको जनआक्रोशबीच सरकारले अन्ततः उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

प्रतिनिधिसभामा गृहमन्त्री सुधन गुरुङ ले नेपाल प्रहरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको घोषणा गर्दै घटनाको गहिरो अनुसन्धान सुरु भएको जानकारी दिए। गृहमन्त्रीका अनुसार घटनाको क्रममा भएको व्यवहार, जिम्मेवारी र सम्भावित लापरबाहीको अनुसन्धान गर्न काठमाडौं महानगर प्रहरीका तीन जना प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।

गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाह गरेपछि उपचारकै क्रममा ज्यान गुमाएका थिए। त्यसयता घटनालाई लिएर सरकार, सुरक्षा निकाय र काठमाडौं महानगरपालिकामाथि चौतर्फी प्रश्न उठिरहेका छन्। सडकदेखि सदनसम्म निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग चर्किरहेका बेला सरकारले डीआईजी नेतृत्वमा समिति गठन गरेको हो।

अब समितिको प्रतिवेदनले आत्मदाहसम्म पुग्न बाध्य बनाउने कारण, घटनास्थलमा खटिएका सुरक्षाकर्मीको भूमिका र राज्य संयन्त्रको जिम्मेवारीबारे स्पष्ट तस्वीर सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ४ : १५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना