२०८३, २९ भाद्र मंगलबार

गणेश नेपालीको मृत्युमा एमालेको प्रश्न‘श्रमिक बाँच्न नपाउने यही हो सरकारको सुशासन ?’

गणेश नेपालीको मृत्युमा एमालेको प्रश्न‘श्रमिक बाँच्न नपाउने यही हो सरकारको सुशासन ?’


काठमाडौं । नेकपा (एमाले)ले राइडर गणेश नेपालीको उपचारका क्रममा भएको निधनलाई सरकारको अमानवीय नीति र श्रमिकविरोधी व्यवहारको प्रत्यक्ष परिणाम भएको आरोप लगाउँदै सरकारमाथि तीव्र राजनीतिक प्रहार गरेको छ।

पार्टी महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा रोजगारीको खोजीमा मुगुबाट काठमाडौं आएका २५ वर्षीय गणेश नेपाली राज्य संयन्त्रको दबाब, मानसिक प्रताडना र असुरक्षाका कारण आत्मदाहजस्तो अन्तिम कदम चाल्न बाध्य भएको दाबी गरेका छन्। उपचारका क्रममा उनको निधन हुनु सरकारको असफलता र गैरजिम्मेवारीको चरम उदाहरण भएको एमालेको भनाइ छ।

एमालेले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ।

वक्तव्यमा वर्तमान सरकार सुशासन, पारदर्शिता र युवा रोजगारीको नारा बोकेर सत्तामा पुगे पनि व्यवहारमा गरिब, श्रमिक, सुकुम्वासी र निमुखा नागरिकमाथि दमन, उत्पीडन र अमानवीय व्यवहार गरिरहेको आरोप लगाइएको छ।

एमालेले सरकारको सुकुम्वासी हटाउने अभियानलाई पनि निशाना बनाउँदै वर्षायामकै बीच हजारौँ परिवारलाई घरबारविहीन बनाइएको, नागरिकको आवास अधिकार खोसिएको र सयौँ बालबालिकाको भविष्य संकटमा पारिएको दाबी गरेको छ। सरकारकै नीतिका कारण हालसम्म चार जना सुकुम्वासीले आत्महत्या गरेको र सयौँ नागरिक मानसिक तनाव तथा डिप्रेसनको सिकार बनेको आरोप पनि वक्तव्यमा उल्लेख छ।

त्यस्तै, सरकार गठन भएको पहिलो सय दिनमै व्यवस्थापनको अभाव, विस्थापनको त्रास र मानसिक पीडाका कारण भेषराज दर्जी, कर्णबहादुर थापा, रिन तामाङ, इन्द्रबहादुर राई र उज्ज्वल तामाङलगायतले ज्यान गुमाएको दाबी गर्दै एमालेले त्यसको नैतिक र राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ।

एमालेले अस्थायी होल्डिङ सेन्टरमा आश्रय लिएका नागरिकलाई समेत हटाउने चेतावनी दिँदै भोकमरी र विस्थापनतर्फ धकेलिएको आरोप लगाएको छ। लोकतन्त्रमा जनादेशको अर्थ नागरिकमाथि दमन गर्ने छुट नभएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेका बाँच्न पाउने र सुरक्षित आवासको अधिकारको सम्मान गर्न सरकारलाई चेतावनी दिएको छ।

“गणेश नेपालीको मृत्यु एउटा व्यक्तिको मात्र मृत्यु होइन, श्रमिकप्रति राज्यको असंवेदनशीलताको दर्दनाक प्रतीक बनेको छ,” भन्ने सन्देश दिँदै एमालेले सरकारलाई गरिब र श्रमिकमाथिको दमन तत्काल रोक्न तथा दोषीलाई कानुनी कठघरामा ल्याउन जोडदार माग गरेको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  ३ : ५५ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक