२०८३, १९ आश्विन मंगलबार

गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन

गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन


काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि शुक्रबार माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्।

गणेशको मृत्यु राज्यको असंवेदनशीलता र प्रशासनिक व्यवहारको परिणाम भएको आरोप लगाउँदै प्रदर्शनकारीहरूले सरकार तथा काठमाडौं महानगरपालिकाको नेतृत्वविरुद्ध चर्को नाराबाजी गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘बालेन तिम्रो झिकै–झिकै माया गणेशको आत्मदाह थियो’, ‘हत्यारा सरकार मुर्दावाद’, ‘राज्य आतंक बन्द गर’, ‘गरिब र युवामाथिको दमन बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

उनीहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गर्न, जिम्मेवारमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले राज्यका निकाय नागरिकप्रति जवाफदेही बन्नुपर्ने र यस्ता दुःखद घटना दोहोरिन नदिन प्रशासनिक कार्यशैलीमा सुधार आवश्यक रहेको बताएका थिए।

गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको हो।

गणेशको मृत्युपछि घटनाले देशव्यापी चर्चा पाएको छ। सामाजिक सञ्जालदेखि सडकसम्म घटनाको निष्पक्ष छानबिन र जिम्मेवारी निर्धारणको माग उठिरहेको छ।

प्रकाशित मिति : २०८३, २५ असार शुक्रबार  १ : २० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि