२०८३, १० कार्तिक मंगलबार

मनसुन सक्रियः तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह

मनसुन सक्रियः तीन प्रदेशमा भारी वर्षाको चेतावनी, सतर्क रहन आग्रह


काठमाडौँ । देशभर मनसुन सक्रिय भएसँगै आइतबार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार हाल देशका अधिकांश भूभागमा बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। दिनभर हिमाली र पहाडी भूभागका धेरै स्थानमा वर्षा हुने अनुमान गरिएको छ भने तराईका केही क्षेत्रमा पनि वर्षा विस्तार हुने सम्भावना छ।

विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास बसोबास गर्ने, पहिरोको जोखिम भएका बस्ती तथा राजमार्ग प्रयोग गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

आज रातिसमेत मौसम पूर्ण रूपमा नखुल्ने महाशाखाको प्रक्षेपण छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती, लुम्बिनी र कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा जारी रहने सम्भावना रहेको छ। उच्च वर्षासँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २० असार आईतबार  ८ : १९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना