२०८३, १० कार्तिक मंगलबार

रुपन्देहीमा सुनका सिक्री लुट्ने गिरोह सक्रिय, पाँच जना पक्राउ

रुपन्देहीमा सुनका सिक्री लुट्ने गिरोह सक्रिय, पाँच जना पक्राउ


बुटवल । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय हाटबजार तथा भीडभाड हुने स्थानलाई लक्षित गर्दै सुनका गरगहना लुट्ने घटना बढ्न थालेपछि प्रहरीले विशेष निगरानीसमेत बढाएको जनाएको छ।

प्रहरीका अनुसार गत बुधबार रुपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो। घटनापछि तत्कालै खटिएको इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले भाग्दै गरेका बारा बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास रायलाई पक्राउ गरेको हो।

उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको एक थान सुनको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रायलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीमा पठाइएको छ।

यस्तै, असार १० गते तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलस्थित चाँदनी मार्गमा मोटरसाइकलमा आएका व्यक्तिहरूले पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सिद्धार्थनगर नगरपालिका–५ का ३२ वर्षीय प्रदीप कान्दु तथा भारतका राहुल जयसवाल, प्रिन्स जयसवाल र नितेश कुमार गुप्तालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई थान सुनका सिक्री तथा घटनामा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ। बरामद गरगहनामध्ये एउटा सिक्री २ तोला ९९ लाल ७ पोइन्ट र अर्को ९० लाल ७ पोइन्ट तौलको रहेको प्रहरीले जनाएको छ।

चारै जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रुपन्देहीमा पछिल्ला दिनहरूमा भीडभाड हुने हाटबजार, धार्मिक मेला तथा सार्वजनिक स्थललाई लक्षित गर्दै महिलाको सुनका गरगहना लुट्ने घटना बढ्दै गएपछि प्रहरीले त्यस्ता क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ। साथै भीडभाड हुने स्थानमा सुनका गरगहना लगाउँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ०५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना