२०८३, २७ भाद्र आईतबार

रुपन्देहीमा सुनका सिक्री लुट्ने गिरोह सक्रिय, पाँच जना पक्राउ

रुपन्देहीमा सुनका सिक्री लुट्ने गिरोह सक्रिय, पाँच जना पक्राउ


बुटवल । रुपन्देहीका विभिन्न स्थानमा महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पछिल्लो समय हाटबजार तथा भीडभाड हुने स्थानलाई लक्षित गर्दै सुनका गरगहना लुट्ने घटना बढ्न थालेपछि प्रहरीले विशेष निगरानीसमेत बढाएको जनाएको छ।

प्रहरीका अनुसार गत बुधबार रुपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित हाटबजारमा भीडभाडको मौका छोपी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको थियो। घटनापछि तत्कालै खटिएको इलाका प्रहरी कार्यालय सूर्यपुराको टोलीले भाग्दै गरेका बारा बारागढी गाउँपालिका–३ शिवपुराका २५ वर्षीय विकास रायलाई पक्राउ गरेको हो।

उनको साथबाट १० ग्राम ८३० मिलिग्राम तौलको एक थान सुनको सिक्री बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका रायलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीमा पठाइएको छ।

यस्तै, असार १० गते तिलोत्तमा नगरपालिका–४ ड्राइभर टोलस्थित चाँदनी मार्गमा मोटरसाइकलमा आएका व्यक्तिहरूले पैदल हिँडिरहेकी एक महिलाको घाँटीबाट सुनको सिक्री लुटेर फरार भएका थिए। घटनाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले सिद्धार्थनगर नगरपालिका–५ का ३२ वर्षीय प्रदीप कान्दु तथा भारतका राहुल जयसवाल, प्रिन्स जयसवाल र नितेश कुमार गुप्तालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट दुई थान सुनका सिक्री तथा घटनामा प्रयोग गरिएको मोटरसाइकल बरामद गरिएको छ। बरामद गरगहनामध्ये एउटा सिक्री २ तोला ९९ लाल ७ पोइन्ट र अर्को ९० लाल ७ पोइन्ट तौलको रहेको प्रहरीले जनाएको छ।

चारै जनालाई इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रुपन्देहीमा पछिल्ला दिनहरूमा भीडभाड हुने हाटबजार, धार्मिक मेला तथा सार्वजनिक स्थललाई लक्षित गर्दै महिलाको सुनका गरगहना लुट्ने घटना बढ्दै गएपछि प्रहरीले त्यस्ता क्षेत्रमा सुरक्षा निगरानी कडा बनाएको छ। साथै भीडभाड हुने स्थानमा सुनका गरगहना लगाउँदा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

प्रकाशित मिति : २०८३, १८ असार शुक्रबार  ८ : ०५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।