२०८३, ३ भाद्र बिहीबार

कर्णालीमा खसेको बस अझै बेपत्ता, दिनभरको खोजी पनि असफल

कर्णालीमा खसेको बस अझै बेपत्ता, दिनभरको खोजी पनि असफल


दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ मा कर्णाली नदीमा खसेको यात्रुबाहक बस बिहीबार दिनभर खोजी गर्दा पनि फेला पर्न सकेको छैन। वर्षाका कारण नदीको बहाव तीव्र, जलसतह उच्च र पानी अत्यन्त धमिलो भएकाले उद्धार तथा खोजी कार्यमा ठूलो कठिनाइ भएको प्रहरीले जनाएको छ।

बिहान करिब ११:३० बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक बस सडकबाट झन्डै ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनापछि बस नदीमा पूर्ण रूपमा डुबेको आशंका गरिएको छ। घटनास्थलमा खटिएका दैलेख प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक ऋषिराज गौतम हरिजनका अनुसार सुर्खेतबाट पुगेका सशस्त्र प्रहरीका ६ जना गोताखोरले दिनभर खोजी गरे पनि बसको कुनै अत्तोपत्तो लाग्न सकेन।

दुर्घटनास्थलको भीरमा अचेत अवस्थामा फेला परेका अन्दाजी ३५ वर्षीय एक पुरुषलाई जिल्ला अस्पताल दुल्लु पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दैलेख प्रहरी प्रमुख डिएसपी श्रवणकुमार विकका अनुसार मृतकको पहिचान खुल्ने प्रक्रिया जारी छ।

बसमा कति जना यात्रु सवार थिए भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक विवरणअनुसार सुर्खेतबाट तीन जना यात्रुले टिकट काटेको खुलेको छ भने चालक र सहचालकसहित कम्तीमा पाँच जना बसमा रहेको अनुमान गरिएको छ। तर बाटोबाट थप यात्रु चढेका हुन सक्ने भएकाले वास्तविक सङ्ख्या यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनास्थल अत्यन्तै जोखिमपूर्ण र ठाडो भीरमा रहेको छ। भीरभरि बसका टुक्राटाक्री अवशेष छरिएको देखिए पनि बस भने नदीको गहिराइमा डुबेकाले भेट्टाउन सकिएको छैन।

प्रहरीले शुक्रबार बिहानदेखि थप जनशक्ति र आवश्यक उपकरणसहित पुनः खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइने जनाएको छ।

प्रकाशित मिति : २०८३, १७ असार बिहीबार  ७ : २० बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती