२०८३, १८ भाद्र शुक्रबार

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन

नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन


काठमाडौं । नेपाल खेलकुद महासंघको केन्द्रीय अध्यक्षमा दीपेन्द्र दाहाल चयन भएका छन्। महासंघको राष्ट्रिय भेलाले दाहाललाई अध्यक्षको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो।

महासंघका महासचिव धर्म लामाका अनुसार यसअघिका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को केन्द्रीय सदस्यमा निर्वाचित भएपछि महासंघका उपाध्यक्ष रहेका दाहाललाई अध्यक्षको जिम्मेवारी दिइएको उनले जानकारी दिए।

दाहाल लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय छन्। उनी सितोरियो करातेका वरिष्ठ प्रशिक्षकका रूपमा परिचित छन् भने खेलाडी उत्पादन, प्रशिक्षण र खेलकुद संगठन निर्माणमा उल्लेखनीय योगदान दिँदै आएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा उनले पुर्‍याएको योगदानको महासंघले उच्च मूल्यांकन गरेको छ।

यसैबीच, राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ले वर्तमान सरकारमाथि हिंसा र अराजकतालाई संरक्षण दिएको आरोप लगाए। उनले भदौ २३ र २४ गते भएका तोडफोड, हत्या, हिंसा, आगजनी र लुटपाटका घटनालाई सरकारले वैधानिकता दिएको दाबी गर्दै राज्य कानुनी शासनको मूल मान्यताबाट विचलित भएको टिप्पणी गरे।

ओलीले आफ्नो नेतृत्वको सरकारले भूकम्पपछिको पुनर्निर्माण, कोभिड–१९ महामारी व्यवस्थापन तथा संकटग्रस्त अर्थतन्त्रलाई सुधार गर्ने काम गरेपछि आफूलाई संवैधानिक प्रक्रियाबाट हटाउन नसकेका शक्तिहरू अराजक गतिविधिमा उत्रिएको दाबी गरे।

उनले लोकतान्त्रिक व्यवस्था, विधिको शासन र राष्ट्रिय हितको रक्षा गर्न एमाले दृढतापूर्वक उभिने बताउँदै हिंसा र अराजकतालाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २०८३, १५ असार मंगलबार  ८ : २८ बजे

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण

नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल

नुवाकोट । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन