२०८३, ७ भाद्र सोमबार

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा ९९ केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान गरिने भएको छ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्।

निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान मेसिन प्रयोग हुनेछन्। मतदान प्रक्रिया रामलक्ष्मण इनोभेसनद्वारा आपूर्ति गरिएका मेसिनमार्फत सञ्चालन गरिनेछ।

कम्पनीका अनुसार सबै मेसिन तयारी अवस्थामा छन् र उम्मेदवारहरूको अन्तिम नामावली प्राप्त भएपछि करिब ६ घण्टाभित्र प्रणालीमा ‘इन्ट्री’ पूरा गर्न सकिनेछ।

तर निर्वाचन आयोगले हालसम्म प्रारम्भिक नामावली सार्वजनिक नगरेको जनाइएको छ। नामावली प्रकाशनपछि दाबी–विरोध, छानबिन र अन्तिम सूची तयारीको प्रक्रिया पूरा भएपछि मात्रै मतदान सुरु हुनेछ।

पहिलो चरणमा केन्द्रीय सदस्यका लागि ४०० भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन्। त्यसपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यक्रम अघि बढाइनेछ।

प्रकाशित मिति : २०८३, ९ असार बुधबार  १० : २१ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन