२०८३, १९ आश्विन मंगलबार

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति


काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको “नेपालले पनि भारतको सीमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

आचार्यले उक्त भनाइलाई अत्यन्त असामान्य, गम्भीर र राष्ट्रिय हितविपरीत टिप्पणी गर्दै यसले नेपालको भूमिमाथि भइरहेको अतिक्रमणलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने चेतावनी दिएका छन्। उनले सीमा अतिक्रमणलाई दुई देशबीचको पारस्परिक विषयका रूपमा प्रस्तुत गर्नु नेपालको राष्ट्रिय अडान कमजोर बनाउने प्रयास भएको बताएका छन्।

उनका अनुसार नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट आएको यस्तो अभिव्यक्ति अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीबाट नआएको र यसले देशको भौगोलिक अखण्डताप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “सरकार प्रमुखको यस्तो भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकार चाहँदैन वा सक्दैन भन्ने सन्देश दिन्छ। अहिले सिंगो देश र देशवासी अझ बढी सचेत हुनुपर्ने समय आएको छ।”

प्रकाशित मिति : २०८३, १७ जेष्ठ सोमबार  ८ : ४३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि