२०८३, १० कार्तिक मंगलबार

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति

नेपालले पनि सीमा मिचेको छ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भीमार्जुनको कडा आपत्ति


काठमाडौं । संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको “नेपालले पनि भारतको सीमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

आचार्यले उक्त भनाइलाई अत्यन्त असामान्य, गम्भीर र राष्ट्रिय हितविपरीत टिप्पणी गर्दै यसले नेपालको भूमिमाथि भइरहेको अतिक्रमणलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने चेतावनी दिएका छन्। उनले सीमा अतिक्रमणलाई दुई देशबीचको पारस्परिक विषयका रूपमा प्रस्तुत गर्नु नेपालको राष्ट्रिय अडान कमजोर बनाउने प्रयास भएको बताएका छन्।

उनका अनुसार नेपाल–भारत सीमा विवाद जस्तो संवेदनशील विषयमा सरकार प्रमुखबाट आएको यस्तो अभिव्यक्ति अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीबाट नआएको र यसले देशको भौगोलिक अखण्डताप्रति सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।

आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “सरकार प्रमुखको यस्तो भनाइले नेपालको भौगोलिक अखण्डता रक्षा गर्न सरकार चाहँदैन वा सक्दैन भन्ने सन्देश दिन्छ। अहिले सिंगो देश र देशवासी अझ बढी सचेत हुनुपर्ने समय आएको छ।”

प्रकाशित मिति : २०८३, १७ जेष्ठ सोमबार  ८ : ४३ बजे

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको