२०८३, १ मंसिर मंगलबार

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण

युद्धविराम वार्ताकै बीच ठूलो तनाव: इरानमा अमेरिकी हवाई आक्रमण


काठमाडौं । इरान र अमेरिका बीच युद्ध अन्त्य गर्ने प्रारम्भिक सम्झौताबारे निर्णायक वार्ता भइरहेका बेला अमेरिकाले इरानका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार यो आक्रमण “आत्मरक्षात्मक कदम” हो, जसमा इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा बम राख्ने प्रयास गरिरहेका डुंगाहरूलाई लक्ष्य बनाइएको हो।

यो आक्रमण युद्धविरामलाई लम्ब्याउने प्रयास भइरहेकै समयमा भएको हो। यसले जारी वार्ता र क्षेत्रीय शान्ति प्रक्रियामाथि थप अनिश्चितता बढाएको छ। उता कतारमा इरानका शीर्ष वार्ताकारहरू र अमेरिकी पक्षबीच अन्तिम चरणको वार्ता भइरहेको छ। प्रारम्भिक सम्झौतामा ६० दिनको समझदारी, हर्मुज जलडमरूमध्य खुला राख्ने, सामुद्रिक बम हटाउने र प्रतिबन्धहरू क्रमशः खुकुलो बनाउने विषयहरू छलफलमा रहेका छन्।

सम्झौताअनुसार इरानले आणविक हतियार नबनाउने, युरेनियम प्रशोधन सीमित गर्ने र केही भण्डारण हटाउने प्रतिबद्धता जनाउने बताइएको छ। बदलामा अमेरिका आर्थिक प्रतिबन्धहरू खुकुलो पार्ने तयारीमा रहेको उल्लेख छ। तर, सम्झौता औपचारिक नभएसम्म सबै व्यवस्था कार्यान्वयन नहुने बताइएको छ।

प्रकाशित मिति : २०८३, ११ जेष्ठ मंगलबार  ९ : २७ बजे

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा