२०८३, २९ जेष्ठ शनिबार

खामेनीको कडा निर्देशनपछि इरान-अमेरिका आणविक वार्ता झनै पेचिलो

खामेनीको कडा निर्देशनपछि इरान-अमेरिका आणविक वार्ता झनै पेचिलो


तेहरान । इरानका सर्वोच्च नेता अली खामेनीले उच्च प्रशोधित युरेनियम देशबाहिर नपठाउन कडा निर्देशन दिएपछि इरान–अमेरिका आणविक वार्ता थप जटिल बनेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुई वरिष्ठ इरानी स्रोतहरूले खामेनीको यो निर्णय पुष्टि गरेका हुन्। उक्त निर्णय इरानको आणविक कार्यक्रमबारे चलिरहेको वार्तामा निर्णायक मोडका रूपमा हेरिएको छ।

अमेरिका र इजरायलले इरानसँग रहेको उच्च प्रशोधित युरेनियम देशबाहिर पठाइनुपर्ने माग गर्दै आएका छन्। इरानसँग करिब ४०० किलो उच्च प्रशोधित युरेनियम रहेको अनुमान गरिएको छ।

अमेरिकी पक्षले यसलाई क्षेत्रीय सुरक्षा जोखिमको रूपमा चित्रण गर्दै आएको छ। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले उक्त युरेनियम अमेरिकालाई हस्तान्तरण गर्नुपर्ने बताएका थिए। उनले इरानलाई आणविक क्षमता सीमित गर्न दबाब दिँदै आएका छन्।

त्यसैगरी इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले इरानको आणविक कार्यक्रम, मिसाइल क्षमता र क्षेत्रीय समूहहरूलाई दिएको समर्थन समाप्त नभएसम्म कुनै सहमति स्वीकार्य नहुने चेतावनी दिएका छन्।

तर इरानभित्र भने युरेनियम देशबाहिर पठाउँदा सम्भावित आक्रमणप्रति देश अझै कमजोर बन्न सक्ने विश्लेषण बलियो बनेको छ। यही कारण सर्वोच्च नेताको निर्देशनपछि सरकारी तहमा युरेनियम भण्डारण देशभित्रै राख्ने सहमति बनेको बताइएको छ।

वार्ता पाकिस्तानको मध्यस्थतामा जारी रहे पनि नाकाबन्दी, क्षेत्रीय तनाव र आणविक कार्यक्रमको भविष्यलाई लिएर मतभेद कायम छन्।

विश्लेषकहरूका अनुसार खामेनीको पछिल्लो निर्देशनले वार्ता प्रक्रियालाई अझै कठिन बनाउने र मध्यपूर्वको सुरक्षा समीकरणमा नयाँ तनाव थप्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : २०८३, ७ जेष्ठ शुक्रबार  ९ : ५२ बजे

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा

सीमादेखि संसदसम्म सरकार विवादमा, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन एमालेको चेतावनी

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वाधीनता, श्रमिक अधिकार र लोकतान्त्रिक

बजेट छेडखानी प्रकरणमा एमालेको चुनौती : ‘दूधको दूध, पानीको पानी गर्न तयार छौँ’

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बराल ले अर्थमन्त्री स्वर्णिम

प्रधानमन्त्रीको मौनता र अर्थमन्त्रीको धम्कीमाथि : केसीको आक्रोश

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी ले संसद्प्रति सरकारको

विश्वकप २०२६ : फुटबल मात्र होइन, विश्वलाई जोड्ने उत्सव

आजबाट सुरु हुँदै गरेको फिफा विश्वकप २०२६ केवल एउटा खेल