२०८३, १० कार्तिक मंगलबार

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा आपत्ति जनाउँदै “नयाँ सोच” को नाममा संसदलाई कमजोर बनाउँदै कार्यपालिकाको स्वेच्छाचारी शैली बढाइएको आरोप लगाएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव तथा सांसद पदमा अर्यालले सरकारले ल्याएका अध्यादेशप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेकी छन्।

उनले हिजो अध्यादेशको विरोध गर्नेहरू नै आज त्यही बाटोमा हिँडेको भन्दै प्रश्न उठाइन् “यो राजनीतिक परिपक्वता हो कि सत्ता अनुसार बदलिएको व्यवहाररु”

अर्यालले संसद छलेर अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताउँदै यसले कार्यपालिकाको स्वेच्छाचारिता बढाएको आरोप लगाइन्। उनका अनुसार, “नयाँ सोच” को नाममा संसदलाई पन्छाउने अभ्यास खतरनाक संकेत हो।

उनले न्यायपालिकामा समेत कार्यपालिकाको प्रभाव बढ्दै गएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त कमजोर पारिएको टिप्पणी गरिन्।

त्यसैगरी, विद्यार्थी संगठन र ट्रेड युनियनसम्बन्धी निर्णय तथा सुकुमबासी बस्ती हटाउने विषयमा पनि एमालेले आपत्ति जनाएको छ।

एमालेले सरकारले लोकतान्त्रिक प्रक्रिया पालना गर्न, अध्यादेश फिर्ता लिन र संसदको सम्मान गर्न माग गरेको छ।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ५ : ०९ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा