२०८३, १९ आश्विन मंगलबार

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको

एमालेको आरोप: ‘नयाँ सोच’को नाममा सरकार स्वेच्छाचारी बन्दै गएको


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति कडा आपत्ति जनाउँदै “नयाँ सोच” को नाममा संसदलाई कमजोर बनाउँदै कार्यपालिकाको स्वेच्छाचारी शैली बढाइएको आरोप लगाएको छ।

प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिव तथा सांसद पदमा अर्यालले सरकारले ल्याएका अध्यादेशप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेकी छन्।

उनले हिजो अध्यादेशको विरोध गर्नेहरू नै आज त्यही बाटोमा हिँडेको भन्दै प्रश्न उठाइन् “यो राजनीतिक परिपक्वता हो कि सत्ता अनुसार बदलिएको व्यवहाररु”

अर्यालले संसद छलेर अध्यादेश ल्याइनु लोकतान्त्रिक मूल्यविपरीत भएको बताउँदै यसले कार्यपालिकाको स्वेच्छाचारिता बढाएको आरोप लगाइन्। उनका अनुसार, “नयाँ सोच” को नाममा संसदलाई पन्छाउने अभ्यास खतरनाक संकेत हो।

उनले न्यायपालिकामा समेत कार्यपालिकाको प्रभाव बढ्दै गएको भन्दै शक्ति पृथकीकरणको सिद्धान्त कमजोर पारिएको टिप्पणी गरिन्।

त्यसैगरी, विद्यार्थी संगठन र ट्रेड युनियनसम्बन्धी निर्णय तथा सुकुमबासी बस्ती हटाउने विषयमा पनि एमालेले आपत्ति जनाएको छ।

एमालेले सरकारले लोकतान्त्रिक प्रक्रिया पालना गर्न, अध्यादेश फिर्ता लिन र संसदको सम्मान गर्न माग गरेको छ।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ५ : ०९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि