२०८३, १० कार्तिक मंगलबार

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा

दलहरूसँग सहकार्यमा संविधान संशोधन गर्ने सरकारको घोषणा


काठमाडौं । सरकारले राजनीतिक दलहरूसँगको सहकार्यमा संविधान संशोधन गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले संविधान संशोधनलाई साझा सहमतिका आधारमा अघि बढाउने जनाएको हो।

राष्ट्रपति रामचन्द्र पौडेल ले संघीय संसद्को संयुक्त बैठकमा सबै वर्ग, क्षेत्र र समुदायको समान अपनत्व सुनिश्चित गर्न राजनीतिक दलहरूसँग संवाद गरी संविधान संशोधनका साझा विषय पहिचान गरिने बताएका छन्।

सरकारका अनुसार संविधान संशोधनका लागि “बहसपत्र” तयार गरिनेछ। उक्त बहसपत्रमार्फत आवश्यक परिवर्तन र सुधारका क्षेत्रहरू पहिचान गरी राजनीतिक सहमतिका आधारमा प्रक्रिया अघि बढाइनेछ।

यसअघि नै प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले काम अघि बढाइसकेको बताइएको छ।

सरकारले यही विषयलाई आगामी नीति तथा कार्यक्रममा समेत समेट्दै संविधान संशोधनलाई राजनीतिक दलहरूको सहकार्यमा अघि बढाउने स्पष्ट संकेत दिएको छ।

संविधान संशोधनलाई राष्ट्रिय सहमतिको विषय बनाइने भनाइसँगै अब सरकार, राजनीतिक दल र सरोकारवाला पक्षबीच विस्तृत छलफल हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, २७ बैशाख सोमबार  ४ : ५३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा