२०८३, १९ आश्विन मंगलबार

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र


काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनको तयारी तीव्र भइरहेका बेला Sher Bahadur Deuba निकट समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेको छ। पार्टी संगठन सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र आन्तरिक एकता बलियो बनाउने उद्देश्यसहित प्रदेश भेला गर्न लागिएको देउवा पक्षले जनाएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयका अनुसार प्रदेशस्तरीय भेलाको तयारी सुरु भइसकेको छ। देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहभित्र एकताबद्धता कायम राख्दै महाधिवेशन केन्द्रित रणनीति तय गर्न भेला आवश्यक रहेको बताए।

उनका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था, राष्ट्रिय राजनीतिक परिस्थिति, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल हुनेछ। “पार्टी संगठनलाई सुदृढ बनाउने, निराश बनेका साथीहरूलाई पुनः सक्रिय बनाउने र १५औं महाधिवेशनको तयारीलाई व्यवस्थित गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो,” उनले बताए।

प्रकाशित मिति : २०८३, २५ बैशाख शनिबार  १० : ०२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि