२०८३, १० कार्तिक मंगलबार

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र

देउवा समूह सातै प्रदेशमा भेला गर्दै, महाधिवेशन केन्द्रित रणनीति तीव्र


काठमाडौं । नेपाली कांग्रेसभित्र आगामी १५औं महाधिवेशनको तयारी तीव्र भइरहेका बेला Sher Bahadur Deuba निकट समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला आयोजना गर्ने तयारी गरेको छ। पार्टी संगठन सुदृढ बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र आन्तरिक एकता बलियो बनाउने उद्देश्यसहित प्रदेश भेला गर्न लागिएको देउवा पक्षले जनाएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयका अनुसार प्रदेशस्तरीय भेलाको तयारी सुरु भइसकेको छ। देउवा निकट नेता मीन विश्वकर्माले विचार समूहभित्र एकताबद्धता कायम राख्दै महाधिवेशन केन्द्रित रणनीति तय गर्न भेला आवश्यक रहेको बताए।

उनका अनुसार भेलामा पार्टीको वर्तमान अवस्था, राष्ट्रिय राजनीतिक परिस्थिति, संगठन विस्तार तथा आगामी रणनीतिबारे छलफल हुनेछ। “पार्टी संगठनलाई सुदृढ बनाउने, निराश बनेका साथीहरूलाई पुनः सक्रिय बनाउने र १५औं महाधिवेशनको तयारीलाई व्यवस्थित गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो,” उनले बताए।

प्रकाशित मिति : २०८३, २५ बैशाख शनिबार  १० : ०२ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा