२०८३, १० कार्तिक मंगलबार

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”


काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमै रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले परिषद्को निर्णयविरुद्ध रिट दायर गरेका हुन्।

रिटमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा संवैधानिक परम्परा र वरिष्ठताको अभ्यास मिचिएको दाबी गरिएको छ। परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक वृत्तमा बहस चर्किएको हो।

यसअघि संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गरेको थियो। परिषद्को बैठक अध्यादेशमार्फत संशोधित व्यवस्थाअनुसार बसेको भन्दै प्रतिपक्ष तथा कानुन व्यवसायीहरूले प्रश्न उठाउँदै आएका छन्।

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकै बेला चौथो वरियताका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै ‘रोलक्रम मिचिएको’ टिप्पणी भइरहेको छ।

अब उक्त रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्नेछ। यस प्रकरणले न्यायालय नेतृत्व चयन प्रक्रियामाथि नयाँ राजनीतिक तथा कानुनी बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८३, २४ बैशाख शुक्रबार  १२ : १६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा