२०८३, १९ आश्विन मंगलबार

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”

“प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामै प्रश्न, सर्वोच्चमा रिट”


काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा गरेको सिफारिसविरुद्ध शुक्रबार सर्वोच्च अदालतमै रिट दायर भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले परिषद्को निर्णयविरुद्ध रिट दायर गरेका हुन्।

रिटमा प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा संवैधानिक परम्परा र वरिष्ठताको अभ्यास मिचिएको दाबी गरिएको छ। परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि न्यायिक वृत्तमा बहस चर्किएको हो।

यसअघि संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि छलफल गरेको थियो। परिषद्को बैठक अध्यादेशमार्फत संशोधित व्यवस्थाअनुसार बसेको भन्दै प्रतिपक्ष तथा कानुन व्यवसायीहरूले प्रश्न उठाउँदै आएका छन्।

सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेकै बेला चौथो वरियताका न्यायाधीशलाई सिफारिस गरिएको भन्दै ‘रोलक्रम मिचिएको’ टिप्पणी भइरहेको छ।

अब उक्त रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइ गर्नेछ। यस प्रकरणले न्यायालय नेतृत्व चयन प्रक्रियामाथि नयाँ राजनीतिक तथा कानुनी बहस सिर्जना गरेको छ।

प्रकाशित मिति : २०८३, २४ बैशाख शुक्रबार  १२ : १६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि