२०८३, २९ असार मंगलबार

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आज पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

ओलीको सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा वर्तमान राष्ट्रिय चुनौतीबारे धारणा प्रस्तुत हुने अपेक्षा गरिएको एक नेताले बताएका छन्।

अध्यक्ष ओली हालै स्वास्थ्य समस्याबाट मुक्त हुँदै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। उनलाई चैत १४ गते सरकारले पक्राउ गरेको थियो भने चैत २६ गते रिहा गरिएको थियो। त्यसपछि पित्तथैलीमा पत्थरीको समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो र वैशाख ५ गते अस्पतालबाट घर फर्किएका थिए। स्वास्थ्य लाभकै क्रममा रहे पनि स्थापना दिवसको अवसरमा उनले नेता–कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुआत पुष्पलाल श्रेष्ठ को नेतृत्वमा वि.सं. २००६ साल वैशाख ९ गते भएको थियो। त्यसयता सात दशकभन्दा बढी समय पार गर्दै आएको कम्युनिष्ट आन्दोलनले विभिन्न उतारचढावका बीच आफ्नो राजनीतिक प्रभाव विस्तार गर्दै आएको छ।

प्रकाशित मिति : २०८३, ८ बैशाख बुधबार  १० : ०३ बजे

सरकारको कर्मचारी कटौती नीति विरुद्ध विद्रोह, अर्थ मन्त्रालय घेराउ

काठमाडौं । अस्थायी र करारका कर्मचारी हटाउने सरकारको तयारीविरुद्ध आन्दोलन

प्रतिनिधिसभाबाट दुई विधेयक समितिमा, दफावार छलफल अघि बढ्ने

काठमाडौ । प्रतिनिधिसभाले दुई महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित

संसद्मा सत्ता–प्रतिपक्षबीच चर्कियो आरोप-प्रत्यारोप

काठमाडौं । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सरकारका गतिविधिलाई लिएर सत्ता

कांग्रेसको आक्रामक प्रश्न : ‘के बालेन शाह संविधानभन्दा माथि छन् ?’

काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले काठमाडौं महानगरपालिकाका

यामलको दाबी : ‘जन्मदिनको सबैभन्दा ठूलो उपहार फ्रान्समाथिको जित’

काठमाडौं। स्पेनका युवा सनसनी लामिन यामलले आफ्नो १९औँ जन्मदिनको सबैभन्दा