२०८३, १० कार्तिक मंगलबार

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने


काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले आज पार्टीको ७७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

पार्टी केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।

ओलीको सम्बोधनमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा, संगठन सुदृढीकरण तथा वर्तमान राष्ट्रिय चुनौतीबारे धारणा प्रस्तुत हुने अपेक्षा गरिएको एक नेताले बताएका छन्।

अध्यक्ष ओली हालै स्वास्थ्य समस्याबाट मुक्त हुँदै सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन्। उनलाई चैत १४ गते सरकारले पक्राउ गरेको थियो भने चैत २६ गते रिहा गरिएको थियो। त्यसपछि पित्तथैलीमा पत्थरीको समस्या देखिएपछि शल्यक्रिया गरिएको थियो र वैशाख ५ गते अस्पतालबाट घर फर्किएका थिए। स्वास्थ्य लाभकै क्रममा रहे पनि स्थापना दिवसको अवसरमा उनले नेता–कार्यकर्तालाई सम्बोधन गर्न लागेका हुन्।

कार्यक्रममा सहभागी हुन काठमाडौं उपत्यकाभित्र रहेका पार्टीका केन्द्रीय सदस्य, जनसंगठनका पदाधिकारी तथा शुभेच्छुकहरूलाई उपस्थितिका लागि आह्वान गरिएको छ।

नेपालमा कम्युनिष्ट आन्दोलनको सुरुआत पुष्पलाल श्रेष्ठ को नेतृत्वमा वि.सं. २००६ साल वैशाख ९ गते भएको थियो। त्यसयता सात दशकभन्दा बढी समय पार गर्दै आएको कम्युनिष्ट आन्दोलनले विभिन्न उतारचढावका बीच आफ्नो राजनीतिक प्रभाव विस्तार गर्दै आएको छ।

प्रकाशित मिति : २०८३, ८ बैशाख बुधबार  १० : ०३ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा