२०८३, १ मंसिर मंगलबार

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली

विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदिप ज्ञवाली


काठमाडौं । प्रदीप ज्ञवाली ले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारी तयारीप्रति तीव्र आपत्ति जनाएका छन्। नेकपा एमाले का नेता ज्ञवालीले उक्त कदमलाई चरम अलोकतान्त्रिक भन्दै फिर्ता लिन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले विद्यार्थी संगठन हटाउने निर्णयले विश्वविद्यालयको प्राज्ञिक स्वायत्ततामाथि गम्भीर हस्तक्षेप हुने बताएका छन्। साथै, विश्वविद्यालयहरूमा सुरक्षा युनिट स्थापना गर्ने प्रस्तावलाई पनि उनले स्वतन्त्र शैक्षिक वातावरणविरुद्धको कदमको रूपमा व्याख्या गरेका छन्।

ज्ञवालीका अनुसार विद्यार्थी आन्दोलनमा केही विकृति देखिए पनि संगठन नै निषेध गर्नु समाधान होइन। उनले संवाद, सहकार्य र सुधारमार्फत विद्यार्थी आन्दोलनलाई सही दिशामा लैजानुपर्ने धारणा राखेका छन्।

उनले पञ्चायत काल मा समेत सरकारले यस्तो निर्णय गर्न नसकेको स्मरण गराउँदै अहिलेको कदम झन् गम्भीर भएको टिप्पणी गरेका छन्। “समस्या समाधानका नाममा संगठन नै हटाउनु उचित होइन,” उनले भने।

ज्ञवालीले सरकारलाई निर्णय पुनर्विचार गर्न र विश्वविद्यालयको स्वायत्तता तथा लोकतान्त्रिक अभ्यासको सम्मान गर्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, ६ बैशाख सोमबार  ९ : ५१ बजे

कुनै पनि देश अर्को देशको सम्मान गर्न नसक्ने गरी शक्तिशाली नबनोस्: प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

एमालेको राष्ट्रिय भेला: स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने, सहभागीबाट लिखित सुझाव अनिवार्य

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय भेलामा केन्द्रीय नेतृत्वदेखि पालिका तहसम्मका

बल्खुमा छठ पर्वको उल्लास, उपराष्ट्रपतिको विशेष उपस्थिति

काठमाडौं। छठ पर्वको पावन अवसरमा बल्खु तराई समाजद्वारा कुमारी क्लबमा

अमेरिकामा सबै हवाई उडान किन रोकिए ?

काठमाडौ। अमेरिकी हवाई उड्डयन प्रशासन (FAA) ले प्राविधिक तथा सञ्चार

देउसी-भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्छौं : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा