२०८३, १२ आश्विन मंगलबार

स्वास्थ्य सेवा सुधारका लागि उच्चस्तरीय समिति गठन

स्वास्थ्य सेवा सुधारका लागि उच्चस्तरीय समिति गठन


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रणालीलाई पारदर्शी, प्रविधिमैत्री र नागरिकमुखी बनाउन एक उच्चस्तरीय समिति गठन गरेको छ। मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा बनेको यो छ सदस्यीय समितिले स्वास्थ्य सेवा व्यवस्थामा महत्वपूर्ण सुधार ल्याउने लक्ष्य राखेको छ।

स्वास्थ्य मन्त्री निशा मेहताले स्वास्थ्य सेवालाई अझ व्यवस्थित र प्रभावकारी बनाउन समितिलाई विभिन्न कार्यसम्पादनका लागि जिम्मेवारी दिएका छन्। समिति १५ दिनभित्र ‘फ्रि हेल्थ पोर्टल’ निर्माण गरी लागू गर्ने, ३ महिना भित्र एकीकृत र अन्तरआवद्ध स्वास्थ्य सूचना प्रणाली विकास गर्ने, र सरकारी अस्पतालहरूमा स्वास्थ्यकर्मीको हाजिरी अनुगमन गर्नका लागि डिजिटल प्रणाली लागू गर्ने योजना बनाएका छन्।

समितिलाई अनावश्यक निजी अस्पताल रिफर गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने र स्पष्ट ‘रिफर प्रोटोकल’ लागू गर्न समेत कार्यादेश दिइएको छ। स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीका अनुसार, समितिलाई १५ दिन भित्र प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।

यस पहलले स्वास्थ्य सेवामा सुधार ल्याउन र नागरिकहरूको स्वास्थ्य सुविधा सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८२, २२ चैत्र सोमबार  ७ : ५८ बजे

तिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बागलुङमा बाढीपहिरोको कहर : मृतकको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनदेखि परेको अविरल वर्षापछि गएको

डडेलधुरा अस्पताल अध्यक्ष छनोटमा हस्तक्षेपको प्रश्न, कानुनी प्रक्रिया कि राजनीतिक पहुँच ?

डडेलधुरा । संघीय सरकार मातहत रहेको डडेलधुरा अस्पताल विकास समितिको