२०८३, ११ कार्तिक बुधबार

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, सहकार्य विस्तारमा जोड

रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको बधाई, सहकार्य विस्तारमा जोड


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) ले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना सन्देश पठाएको छ।

सिपिसीको अन्तर्राष्ट्रिय विभागले पठाएको सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति सन्तोष व्यक्त गर्दै आगामी दिनमा द्विपक्षीय सहकार्य अझ सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरिएको छ। उक्त जानकारी रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले दिएका हुन्।

सन्देशमा नेपाल–चीनबीचको राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता जनाइएको छ।

साथै, रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको नेतृत्वप्रति प्रशंसा व्यक्त गर्दै उनीहरूको भूमिकाबाट नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास पनि व्यक्त गरिएको छ।

चिनियाँ पक्षले अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको दिगो विकासका लागि विभिन्न क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको जनाएको छ।

उता रास्वपाले स्वतन्त्र परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिबद्ध रहँदै छिमेकी मुलुकहरूसँग सन्तुलित र प्राथमिकतायुक्त सम्बन्ध अघि बढाउने नीति पुनः दोहोर्‍याएको छ।

प्रकाशित मिति : २०८२, ३ चैत्र बुधबार  ९ : १८ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा