२०८३, ११ कार्तिक बुधबार

ग्लोबल आईएमई बैंकद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आईएमई बैंकद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना


काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।

बैंकले ‘स्मार्ट मनी टक्स’ नारालाई आत्मसात गर्दै मार्च १६ देखि २२ सम्म सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपाय तथा वित्तीय अनुशासनजस्ता विषयमा जानकारी दिइनेछ।

यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।

प्रकाशित मिति : २०८२, १ चैत्र सोमबार  ९ : ५७ बजे

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव

आज देशभर बादल, केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभरको मौसम

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य, कालीमाटीमा कुनको भाउ कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका