२०८३, २० आश्विन बुधबार

ग्लोबल आईएमई बैंकद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना

ग्लोबल आईएमई बैंकद्वारा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना


काठमाडौं । ग्लोबल आईएमई बैंकले ग्लोबल मनी विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ।

बैंकले ‘स्मार्ट मनी टक्स’ नारालाई आत्मसात गर्दै मार्च १६ देखि २२ सम्म सातै प्रदेशमा सप्ताहव्यापी रूपमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगीबाट बच्ने उपाय तथा वित्तीय अनुशासनजस्ता विषयमा जानकारी दिइनेछ।

यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामग्री उत्पादन तथा प्रकाशन गरी आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत पनि प्रसारण गर्ने जनाएको छ।

वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयमार्फत यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ। चालु आर्थिक वर्षमा मात्रै बैंकका ७० भन्दा बढी शाखा कार्यालयहरूले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिसकेका छन्।

प्रकाशित मिति : २०८२, १ चैत्र सोमबार  ९ : ५७ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि