२०८३, ११ कार्तिक बुधबार

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित


काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३ र २४ का घटनाबारे जनतासमक्ष सही ढंगले कुरा राख्न नसक्दा एमालेविरुद्ध नकारात्मक जनमत बनेको बताएका छन्।

आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी समीक्षा औपचारिक रूपमा छलफल नभएको बताए। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले मुक्त भएपछि मात्रै विस्तृत समीक्षा हुने उनले बताए।

भट्टका अनुसार पार्टीका विभिन्न तहमा अहिले स्वतःस्फूर्त रूपमा चुनावी समीक्षा भइरहेको छ। उनले भदौ २३ र २४ का घटनाक्रमबारे पार्टी र नेतृत्वको वास्तविक भूमिका जनतामाझ पुर्‍याउन नसक्दा एमालेविरुद्ध गलत भाष्य बनेको र त्यसले जनमत प्रभावित भएको बताए।

उनले आजको बैठकले समानुपातिक सांसद चयन गरेको भए पनि संसदीय दलको नेताबारे भने कुनै छलफल नभएको जानकारी दिए।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ५ : ३१ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव