२०८३, २० आश्विन बुधबार

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित


काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३ र २४ का घटनाबारे जनतासमक्ष सही ढंगले कुरा राख्न नसक्दा एमालेविरुद्ध नकारात्मक जनमत बनेको बताएका छन्।

आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनावी समीक्षा औपचारिक रूपमा छलफल नभएको बताए। अध्यक्ष केपी शर्मा ओली शोकमा रहेकाले मुक्त भएपछि मात्रै विस्तृत समीक्षा हुने उनले बताए।

भट्टका अनुसार पार्टीका विभिन्न तहमा अहिले स्वतःस्फूर्त रूपमा चुनावी समीक्षा भइरहेको छ। उनले भदौ २३ र २४ का घटनाक्रमबारे पार्टी र नेतृत्वको वास्तविक भूमिका जनतामाझ पुर्‍याउन नसक्दा एमालेविरुद्ध गलत भाष्य बनेको र त्यसले जनमत प्रभावित भएको बताए।

उनले आजको बैठकले समानुपातिक सांसद चयन गरेको भए पनि संसदीय दलको नेताबारे भने कुनै छलफल नभएको जानकारी दिए।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ५ : ३१ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि