२०८३, २० आश्विन बुधबार

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण


काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल प्रहार गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ कि इरानी मिसाइल दूतावास भवनमा ठोक्किँदा आकाशमा ठूलो धुवाँको मुस्लो उठेको थियो। तर यस आक्रमणबाट कति क्षति भयो भन्ने विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याड (हेलिकप्टर अवतरण स्थल) मा खसेको हो। यस्तै, एएफपीले स्रोतलाई उद्धृत गर्दै दूतावासमा ड्रोनमार्फत पनि आक्रमण भएको हुन सक्ने जानकारी दिएको छ।

अलजजिराले शनिबार बिहान सबेरै बगदादस्थित अमेरिकी दूतावासमा आक्रमणको खबर सार्वजनिक भएपछि दूतावास वरिपरि धुवाँ उठिरहेको देखिएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार मिसाइल हेलिप्याड नजिक खसेको बताइएको छ।

पछिल्लो समय अमेरिकासँगको बढ्दो तनावको बीचमा यो घटना भएको हो, जसले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ११ : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि