२०८३, ११ कार्तिक बुधबार

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण


काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको छ। प्रारम्भिक जानकारीअनुसार इरानले बगदादस्थित अमेरिकी दूतावासमा मिसाइल प्रहार गरेको हो।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ कि इरानी मिसाइल दूतावास भवनमा ठोक्किँदा आकाशमा ठूलो धुवाँको मुस्लो उठेको थियो। तर यस आक्रमणबाट कति क्षति भयो भन्ने विस्तृत विवरण अहिलेसम्म सार्वजनिक भएको छैन।

समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) का अनुसार मिसाइल अमेरिकी दूतावास परिसरभित्र रहेको हेलिप्याड (हेलिकप्टर अवतरण स्थल) मा खसेको हो। यस्तै, एएफपीले स्रोतलाई उद्धृत गर्दै दूतावासमा ड्रोनमार्फत पनि आक्रमण भएको हुन सक्ने जानकारी दिएको छ।

अलजजिराले शनिबार बिहान सबेरै बगदादस्थित अमेरिकी दूतावासमा आक्रमणको खबर सार्वजनिक भएपछि दूतावास वरिपरि धुवाँ उठिरहेको देखिएको जनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार मिसाइल हेलिप्याड नजिक खसेको बताइएको छ।

पछिल्लो समय अमेरिकासँगको बढ्दो तनावको बीचमा यो घटना भएको हो, जसले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

प्रकाशित मिति : २०८२, २९ फाल्गुन शनिबार  ११ : ५८ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव