२०८३, २० आश्विन बुधबार

गौरादहका मेयर छत्रपति सुवेदी घरमै कुटिए

गौरादहका मेयर छत्रपति सुवेदी घरमै कुटिए


विराटनगर । झापाको गौरादह नगरपालिका का मेयर छत्रपति सुवेदी माथि घरमै पुगेर कुटपिट गरिएको छ।

प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला ले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन्।

मेयर सुवेदीका अनुसार सिटौला एक्कासि घरमा आएर विवाद गर्न थालेका थिए। विवादका क्रममा आफूलाई हातपात गरेको उनले बताए। सुवेदीले भने, “उहाँ किन घरमा आउनुभयो ? रिसइवी के हो ? त्यो पनि थाहा छैन। एक्कासि घरमै आएर विवाद गर्दै हातपात गर्नुभयो।” प्रहरीका अनुसार सिटौला जापान बसेर हालै नेपाल फर्किएको खुलेको छ।

प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई हाल दमक स्थित इलाका प्रहरी कार्यालय दमक मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेयर सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  १२ : १६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय