२०८३, ११ कार्तिक बुधबार

गौरादहका मेयर छत्रपति सुवेदी घरमै कुटिए

गौरादहका मेयर छत्रपति सुवेदी घरमै कुटिए


विराटनगर । झापाको गौरादह नगरपालिका का मेयर छत्रपति सुवेदी माथि घरमै पुगेर कुटपिट गरिएको छ।

प्रहरीका अनुसार गौरादह–५ राजपति चोक, चप्रामारी बस्ने ३४ वर्षीय भीष्म सिटौला ले मादक पदार्थ सेवन गरेर मेयर सुवेदीको घरमै पुगेर गालीगलौज गर्दै हातपात गरेका हुन्।

मेयर सुवेदीका अनुसार सिटौला एक्कासि घरमा आएर विवाद गर्न थालेका थिए। विवादका क्रममा आफूलाई हातपात गरेको उनले बताए। सुवेदीले भने, “उहाँ किन घरमा आउनुभयो ? रिसइवी के हो ? त्यो पनि थाहा छैन। एक्कासि घरमै आएर विवाद गर्दै हातपात गर्नुभयो।” प्रहरीका अनुसार सिटौला जापान बसेर हालै नेपाल फर्किएको खुलेको छ।

प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमान्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको छ। उनलाई हाल दमक स्थित इलाका प्रहरी कार्यालय दमक मा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेयर सुवेदी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट गौरादह नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन्।

प्रकाशित मिति : २०८२, २४ फाल्गुन सोमबार  १२ : १६ बजे

इजरायलमा नेतान्याहुको लिकुड पार्टी अगाडि, सरकार गठनमा अन्योल

२५ प्रतिशत मतगणना हुँदा लिकुडलाई ३२ सिटको अग्रता, गठबन्धनले ६३

उपत्यकामा २४ घण्टामा ६४३ सवारीसाधनमाथि कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारीसाधनमाथि

दशैं तिहारमा राराताल आउने पर्यटक बढे

कालीकोट । दशैं तिहारको बिदामा राराताल घुम्न आउने पर्यटकको संख्यामा

नेपालका शासकले फ्रान्सबाट के सिक्ने ?

फ्रान्सको आन्दोलन नेपालका शासकका लागि पनि चेतावनी हो। जनताको असन्तुष्टिलाई

लुम्बिनीका सभामुख घर्तीसहित पाँच जनाविरुद्ध जालसाजीको आरोपमा मुद्दा

बुटवल । लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती र प्रदेशसभा सचिव