२०८३, ११ कार्तिक बुधबार

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त

ट्रिपरको ठक्करमा स्कुटर चालकको घटनास्थलमै मृत्यु, बनेपा तनावग्रस्त


काठमाडौँ । काभ्रेको बनेपा बजार, दूरसञ्चार नजिकै बुधबार बिहानै ट्रिपरले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएपछि स्थानिय क्षेत्र तनावग्रस्त बनेको छ।

मृतक पुरुष हुन्, अन्य पहिचान अहिलेसम्म खुलिसकेको छैन। बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको ट्रिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

घटनापछि मृतकलाई प्रहरीले सिर मेमोरियल अस्पताल लगेको छ। घटनास्थलमा प्रहरीको उपस्थितिका बाबजुद, सर्वसाधारणले ट्रिपरमा आगो लगाएका छन्। चालक फरार रहेको र स्थानीयको विरोधका कारण यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

स्थानिय प्रशासन र प्रहरी घटनाको छानबिनमा जुटेका छन्। प्रहरीले जनतालाई शान्त रहन र सडक अवरोध नगर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२, ५ फाल्गुन बुधबार  ११ : १८ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल