२०८२, २७ फाल्गुन बिहीबार

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल


ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी अभियान तीव्र बनाएको छ। पार्टीका जिल्ला संयोजक तथा संविधान सभा सदस्य हर्कबोल राई ले कार्यकर्ता, शुभेच्छुक र मतदातालाई उम्मेदवारलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरेका छन्।

एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार अस्मिता थापा लाई समर्थन गर्दै राईले निर्वाचनलाई देश र जनताको भविष्यसँग जोडिएको महत्वपूर्ण अवसरको रूपमा व्याख्या गरे। उनले युवाशक्ति र महिलाको नेतृत्वलाई सशक्त बनाउँदै ओखलढुङ्गाको समृद्धिका लागि एकजुट हुनुपर्नेमा जोड दिए।

जिल्ला संयोजक राईले जिल्ला बाहिर रहेका समर्थकलाई समेत सम्भव भएसम्म फर्किएर घरदैलो, भेटघाट र प्रचार–प्रसार कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार हाल जिल्लाका विभिन्न टोल–टोलमा घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा सामाजिक सञ्जालमार्फत उम्मेदवारको एजेन्डा प्रचार भइरहेको छ।

एमालेले अस्मिता थापालाई युवा, सक्षम र परिणाममुखी नेतृत्वका रूपमा अघि सारेको जनाएको छ। पार्टीले विकास, सुशासन र समृद्धिसम्बन्धी आफ्ना एजेन्डा मतदातामाझ पुर्‍याउने अभियानलाई तीव्र बनाएको दाबी गरेको छ।

अभियानका क्रममा राईले मतदातालाई “सूर्य” चुनाव चिन्हमा मतदान गरेर उम्मेदवारलाई विजयी बनाउन अपिल गरेका छन्। ओखलढुङ्गामा यसबेलासम्म विभिन्न भेटघाट तथा प्रचार कार्यक्रमहरू सक्रिय रूपमा सञ्चालन भइरहेका छन्।

प्रकाशित मिति : २०८२, ३ फाल्गुन सोमबार  ११ : ४७ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा