२०८३, २० आश्विन बुधबार

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै


झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का उम्मेदवार केपी शर्मा ओली आज झापाको पूर्वी गौरादह क्षेत्रमा घरदैलो कार्यक्रमसहित मतदाता भेटघाटमा व्यस्त रहनु भएको छ।

गौरादह नगर कमिटीका अनुसार बिहान ११ बजे चारालीबाट सुरु भएको कार्यक्रम अपराह्न ५ बजे जयबहादुर अधिकारी टोलमा पुगेर समापन हुनेछ। यस क्रममा अध्यक्ष ओलीले पेट्रोलपम्प, डिठा चौक, हाँसखोरा, मादलडाँडा, पुरानो ग्वालडुब्बा, ठकठके, बैराती, जुरोपानी, ग्वालडुब्बा, जामबाडी लगायत ११ स्थानमा मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।

भेटघाटका क्रममा अध्यक्ष ओलीले मतदाताका समस्या सुन्दै विकास, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधार सुधारका विषयमा आफ्ना प्रतिबद्धता व्यक्त गरिरहनुभएको छ। स्थानीयवासीले विशेष गरी शिक्षा, स्वास्थ्य सेवा र आधारभूत पूर्वाधारका विषयमा माग राख्दै आएका छन्।

यसैबीच, नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा एमाले विजयी हुने दाबी गर्नुभएको छ। झापा क्षेत्र नं. ३ को स्वयंसेवक परिचालन समिति घोषणा कार्यक्रममा बोल्दै गिरीले पाँचै क्षेत्रमा विजय हासिल गर्ने गरी पार्टी परिचालन गरिएको बताउनुभयो। झापा क्षेत्र नं. ३ मा सागर पोर्तेलको नेतृत्वमा ५०१ सदस्यीय स्वयंसेवक परिचालन समिति घोषणा गरिएको छ।

अध्यक्ष ओलीले यसअघि हिजो पश्चिम गौरादहका विभिन्न १० स्थानमा पनि मतदातासँग भेटघाट गर्नुभएको थियो।

प्रकाशित मिति : २०८२, २९ माघ बुधबार  ११ : ५६ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय