२०८३, ११ कार्तिक बुधबार

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

विध्वङ्स गर्नेलाई अब छाड्नु


काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार आफ्नै गाउँ कमल गाउँपालिका भ्रमण गर्दै मतदातासँग भेटघाट गर्न पुग्नुभयो। गाउँबासीले फूल, माला र मुस्कानसहित उहाँलाई स्वागत गरे।

तर, सबैभन्दा भिन्न भावसहित दूर्गा अधिकारी नामकी एक स्थानीयले अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्दै सरकारका कार्यालय, सिंहदरवार र अन्य भवन जलेको घटनाप्रति आफ्नो चिन्ता व्यक्त गरिन्। उहाँले प्रश्न गर्नुभयो, “ती भवन र कार्यालयको के दोष थियो र जलाईयो? ति विध्वङ्स गर्नेलाई अब छाड्नु ?”

यो प्रश्न सुनेर ओली केही बेर मौन रहनुभयो र पछि भन्नुभयो, “सवै कुरा समय आएपछि ठिक हुन्छ, चिन्ता नगर्नु होला।” त्यसपछि अधिकारीसहित अन्य स्थानीयहरूले पनि देशका सम्पदा जलाउनेहरुलाई कार्वाहीको दायरामा ल्याउनु पर्नेमा जोड दिए।

स्थानिय राम धिमालले गाउँको विकासका लागि पुराना कार्यहरू जस्तै रतुवाको तटबन्धन, कालोपत्रे सडक, विजुली र खानेपानीको उपलब्धिलाई स्मरण गर्दै, अबको विकासका लागि योग्य नेतालाई नै छान्ने कुरा व्यक्त गर्नुभयो।

अध्यक्ष ओली शनिबार र आइतबार कमल गाउँपालिका भित्रका विभिन्न टोलहरूमा गएर स्थानीयसँग भेटघाट र भलाकुसारी गर्दै रहनुभएको थियो।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  १ : ११ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल