२०८३, ८ भाद्र मंगलबार

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल

बौराहाको विकास जनताको आवाजबाटै अघि बढाइने : उम्मेदवार ढकाल


विराटनगर । मोरङ क्षेत्र नं. ६ का प्रतिनिधिसभा सदस्य निर्वाचनका नेकपा (एमाले) का उम्मेदवार विनोद ढकालले बुढीगंगा गाउँपालिका–६ बौराहाको विकास जनताको आवश्यकता र आवाजका आधारमै अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन्।

बौराहामा आयोजित स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणसँगको अन्तरक्रिया कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, रोजगारी र युवाको भविष्यसँग सम्बन्धित विभिन्न सवाल उठेका थिए। सहभागीहरूले स्थानीय समस्या समाधानका लागि प्रभावकारी नीति तथा योजनाको आवश्यकता औंल्याएका थिए।

अन्तरक्रियामा उम्मेदवार ढकालले विकासको केन्द्र जनता नै भएकाले यहाँ उठेका सुझाव र प्रश्नलाई आगामी योजनामा समेटिने बताए। उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र युवाको सशक्तीकरणलाई प्राथमिकतामा राखेर काम गरिने उल्लेख गरे।

स्थानीयवासीका अनुसार बौराहाका अधिकांश भित्री सडक कच्ची अवस्थामा रहेकाले वर्षायाममा हिलो र हिउँदमा धुलोका कारण आवतजावत कठिन हुँदै आएको छ। नाली, सडक बत्ती तथा पुल–पुलेसाको अभावले दैनिक जीवन प्रभावित भएको उनीहरूको गुनासो छ। सुरक्षित खानेपानीको सहज पहुँच नहुँदा स्वास्थ्य जोखिमसमेत बढ्दै गएको स्थानीयले बताएका छन्।

स्वास्थ्य सेवामा पहुँचको अभाव यहाँको अर्को प्रमुख समस्या हो। नजिकैको स्वास्थ्य संस्थामा आवश्यक औषधि, उपकरण र जनशक्ति नहुँदा सामान्य उपचारका लागि पनि विराटनगर जानुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। साथै स्थानीयस्तरमा रोजगारीका अवसर सीमित हुँदा अधिकांश युवा वैदेशिक रोजगारीमा जान बाध्य छन्।

कृषि बौराहाको मुख्य पेसा भए पनि सिँचाइ सुविधा, आधुनिक प्रविधि र बजार व्यवस्थापन कमजोर रहेको किसानको गुनासो छ। उत्पादनको उचित मूल्य नपाउँदा किसान निरुत्साहित हुँदै गएका छन्। शिक्षा क्षेत्रमा पनि विद्यालयको भौतिक पूर्वाधार, गुणस्तरीय शिक्षण सामग्री र दक्ष शिक्षकको अभाव देखिएको छ।

करिब चार दशकदेखि मोरङका विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय रहँदै आएका ढकालले जनतासँग सजिलै भेटघाट गर्न सकिने जनप्रतिनिधिको रूपमा आफूलाई स्थापित गरेको बताए। उनले आगामी दिनमा मोरङ क्षेत्र नं. ६ का विकासका मुद्दा सशक्त रूपमा उठाइने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले ढकालको संवादमुखी स्वभाव, पहुँच र विकासप्रतिको प्रतिबद्धताप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्। बौराहामा दिगो विकास र जनमुखी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा ढकाललाई समर्थन गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, २६ माघ आईतबार  ९ : २६ बजे

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न