२०८३, २० आश्विन बुधबार

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन


काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने वातावरण तयार भइसकेको बताएका छन्। सुरक्षाका विषयमा सुरुआतमा विभिन्न आशंका रहे पनि अहिले ती चुनौतीहरू नियन्त्रणमा आएको उनको भनाइ छ।

निर्वाचन घोषणा भएसँगै सुरक्षा संवेदनशीलताबारे आयोगले सरकार र सुरक्षा निकायसँग निरन्तर छलफल थालेको भण्डारीले जानकारी दिए। हालको राजनीतिक परिवेश विद्रोहपछिको सरकारको नेतृत्वमा रहेको र पुराना तथा नयाँ शक्तिबीच सन्तुलन कायम गर्नुपर्ने अवस्थाले सुरक्षालाई पेचिलो बनाएको उनले स्वीकारे। तथापि, सुरक्षा चुनौतीहरू पहिचान गरेर आवश्यक तयारी गरिसकिएको उनले बताए।

भदौ २३–२४ मा भएको ‘जेनजी’ आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भई राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ का लागि निर्वाचन मिति घोषणा गरेका थिए। यही कारण प्रारम्भमा सुरक्षाबारे चासो स्वाभाविक रहेको आयोगको बुझाइ छ।

निर्वाचन प्रक्रियामा सहभागी हुने उम्मेदवार, दलका नेता तथा मतदाताको सुरक्षालाई केन्द्रमा राखेर आयोगले सुरक्षा निकायसँग पटक–पटक समन्वय गरेको भण्डारीले बताए। उनका अनुसार हाल मतदाताको सुरक्षा सुनिश्चित गर्न सुरक्षा संयन्त्र सक्षम देखिएको निष्कर्ष निकालिएको छ।

“सबै कोणबाट हेर्दा अब शान्ति सुरक्षाबारे धेरै टाउको दुखाउनुपर्ने अवस्था छैन,” भण्डारीले भने, “निर्वाचन ढुक्कसँग हुन्छ, शान्तिपूर्ण हुन्छ। यहाँ कसैले बिथोल्न सक्दैन।” निर्वाचन बिथोल्न खोज्ने तत्वहरू प्रारम्भमै निष्क्रिय बनाइएकाले वातावरण सहज बनेको उनले दाबी गरे।

प्रकाशित मिति : २०८२, २४ माघ शुक्रबार  १२ : ५१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय