२०८३, ११ कार्तिक बुधबार

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ


काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका-८, भङ्गालस्थित एक घर भाडामा लिएर ५ जना बंगलादेशी नागरिकलाई बन्धक बनाएर राखिएको अवस्थामा उद्धार गरिएको हो।

बंगलादेशबाट काठमाडौं बोलाएर बन्धक बनाई ठगी गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उक्त घरमा छापा मारेको थियो।

पक्राउ पर्नेमा बंगलादेशी नागरिकहरू ३८ वर्षीय आल मामुन, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन र ४० वर्षीय यमडी मसिभुर रहमान रहेका छन्। यस्तै, काठमाडौंका ३९ वर्षीय बिलाल, भारतका ४१ वर्षीय सरोजकुमार तथा नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३२ वर्षीय शशि पाठक पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूमाथि शरीर बन्धक तथा ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

प्रकाशित मिति : २०८२, २२ माघ बुधबार  ९ : ०५ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल