२०८३, ११ कार्तिक बुधबार

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी


काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएकै समयसीमाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको नेपाली सेनाले जनाएको छ।

सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारबाट प्राप्त २०८३ चैत मसान्तको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम तीव्र रूपमा अघि बढिरहेको बताए।
उनले भने, “हामीलाई २०८३ चैत मसान्तसम्म फास्ट ट्र्याक सम्पन्न गर्ने जिम्मेवारी दिइएको छ। सोही समयसीमाभित्र सक्ने गरी काम भइरहेको छ।”

हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको सेनाले जनाएको छ।

फास्ट ट्र्याकमा कुल १०.९७९ किलोमिटर सुरुङ मार्ग निर्माण हुनुपर्नेछ। जसमध्ये लेनडाँडाको १.६२६ किलोमिटर र धेद्रेको १.६९१ किलोमिटर सुरुङको ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको छ। महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम पूरा भएको छ।

यस आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने ८९ वटा पुलमध्ये १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने ८५ वटाको ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भइसकेको सहायक रथी बस्नेतले जानकारी दिए।

फास्ट ट्र्याक निर्माणका क्रममा ५४ हजार रुख कटान गरिएको थियो। त्यसको क्षतिपूर्तिस्वरूप हालसम्म ७ लाख ५० हजार नयाँ बिरुवा रोपिएको र तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ।

यसैबीच, फास्ट ट्र्याकसँग सम्बन्धित खोकना क्षेत्रको विवाद भने अझै समाधान हुन सकेको छैन। सबै सम्बन्धित निकायसँग समन्वय गरी विवाद समाधान गर्ने प्रयास भइरहेको सेनाले जनाएको छ।

प्रकाशित मिति : २०८२, १७ माघ शुक्रबार  ४ : ४४ बजे

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा

गगन नेतृत्वलाई चुनौती दिँदै देउवा समूहको समानान्तर महाधिवेशन, असन्तुष्ट तान्ने दाउ

काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन भए पनि शक्ति संघर्ष

५५ वर्षमै अवकाश, ३० वर्षे सेवा सीमा लागू गर्ने तयारीले निजामती प्रशासनमा हलचल

काठमाडौं । संसदमा निजामती सेवा विधेयक विचाराधीन रहेकै बेला सरकारले

एन्फा अध्यक्ष र महासचिवको बयान सकियो, अब अदालतमा बहस

काठमाडौं । खेल मिलेमतो तथा ठगीसम्बन्धी मुद्दामा अखिल नेपाल फुटबल