२०८३, ३ भाद्र बिहीबार

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै


सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली क्षेत्र नं २ बाट `मुढा´ चुनाव चिह्नमा स्वतन्त्र उम्मेदवारी दिनुभएका पुराना स्थापित कम्युनिस्ट नेता एवम् जनयुद्धका एक हस्ती महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्न थालेको छ ।

सिन्धुली जिल्लाका मात्र नभई देशका बिभिन्न जिल्ला र क्षेत्रमा रहेका शुभचिन्तकहरुले अग्रज जनपक्षीय पत्रकार एवम् संघर्ष र त्यागका प्रतिक दाहाललाई बिजयको अग्रिम शुभकामना दिँदै आर्थिक सहयोग गर्न पनि अपिल गरेका छन्

गोरखाका एक शुभचिन्तक अमृतराज उपाध्यायले आर्थिक सहयोग गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, न्यायको खातिर क्रान्ति योद्धालाई सकेको आर्थिक सहयोग गरौँ, दुःखको साथ नै जीवनको साथ हो ।´ उहाँ लेख्नुहुन्छ,न्याय, सत्य र जनताको पक्षमा दृढताकासाथ उभिनु नैं आजको ऐतिहासिक आवश्यकता हो । त्यसैले सम्पूर्ण शुभचिन्तक साथीहरुलाई जनताको आवाज बलियो बनाउन र न्यायको पक्षमा एकताबद्ध भएर उभिन हार्दिक अपिल गर्दछु ।´

महेश्वर दाहाल भन्नुहुन्छ, `अमूल्य सहयोग गर्नुहुने सबै साथीहरुलाई धन्यवाद छ, सहयोग गर्ने क्रम जारी नै छ । थुप्रै साथीहरुले गरेको सहयोग सार्वजनिक गर्नुभएको छैन । केही साथीहरुले गरेको सहयोग सार्वजनिक गर्ने आँट गर्नुभएको छ । सिन्धुलीको यो स्वाभिमानको लडाईँमा तपाईँहरुको ऐक्यबद्धताप्रति आभार प्रकट गर्दछौँ ।´

प्रकाशित मिति : २०८२, १२ माघ आईतबार  ८ : ०९ बजे

पासपोर्ट प्रकरणमा प्रधानमन्त्रीसँग छलफल भएको अख्तियार प्रमुखको खुलासा

काठमाडौं । पासपोर्ट ठेक्का विवादमा अभियोजन अघि बढाउनुअघि प्रधानमन्त्रीसँग छलफल

बागमतीको मुख्यमन्त्रीमा किरण थापा नियुक्त

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती