२०८३, ९ असार बुधबार

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह

राष्ट्रिय भेलाको तयारीमा कांग्रेस देउवा समूह


काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको समूह राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। विशेष महाधिवेशनबाट किनारामा परेको यो समूह ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनपछि भेला गर्ने तयारीमा लागेको हो।

राष्ट्रिय भेलाको तयारीका लागि निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरूसँग परामर्शमा रहनुभएको छ। खड्कासँग शनिबार मात्रै भेट गरेका एक निवर्तमान केन्द्रीय सदस्यले अनलाइनखबरसँग आफूहरू राष्ट्रिय भेलाको तयारीमा लागेको जानकारी दिए।

उनका अनुसार पुसमा सम्पन्न विशेष महाधिवेशनपछि विकसित पार्टीको आन्तरिक राजनीतिक अवस्था, त्यसअघिको परिस्थितिबारे समूहका नेता–कार्यकर्तालाई जानकारी गराउने र आगामी रणनीति तय गर्ने उद्देश्यले भेला गर्न लागिएको हो।

‘राष्ट्रियसभा निर्वाचनपछि भेला गर्ने भन्ने छ,’ ती नेताले भने, ‘आज बिहान कार्यवाहक सभापतिसँग पनि यसबारे कुरा भएको थियो। सबैलाई एउटा सन्देश त दिनुपर्‍यो।’

तर, भेलाको मिति भने अझै तय भइसकेको छैन। ‘समय फिक्स भइसकेको अवस्था होइन,’ उनले भने, ‘कार्यवाहक सभापति अहिले परामर्शमै हुनुहुन्छ।’

विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई देउवा समूहले हालसम्म स्वीकार गरेको छैन। निर्वाचन आयोगले नयाँ कार्यसमितिलाई आधिकारिकता दिएपछि देउवा समूह अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालत पुगेको थियो।

तर, सर्वोच्च अदालतले देउवा समूहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुनिल पोखरेलको इजलासले ६ माघमा निर्वाचन आयोगलाई कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।

यसअघि, विशेष महाधिवेशनअघि कार्यवाहक सभापति खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति : २०८२, ११ माघ शनिबार  २ : ३८ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि