२०८२, ५ फाल्गुन मंगलबार

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

प्रचण्ड बिरुद्ध सिन्धुली नेकपामा विद्रोह, राजन विरुद्ध महेश्वर दाहालले दिए उम्मेदवारी

महेश्वर जिल्ला पार्टीको आधिकारिक उम्मेदवार


सिन्धुली नेकपामा बिद्रोह भएको छ । जिल्लाको शिफारिश बिपरित प्रचण्डले अर्का व्यक्तिलाई उमेदवार बनाएर पठाएपछि जिल्ला पार्टीका नेताहरुले संयोजक प्रचण्ड बिरुद्ध बिद्रोह गरेका हुन् ।

सिन्धुली क्षेत्र नं २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ दाहाल विरुद्ध प्रभावशाली नेता महेश्वर दाहालले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेदवारी दर्ता गराएपछि सिन्धुली नेकपामा हंगामा मच्चिएको छ । महेश्वरका साथमा जिल्लाका शिर्ष नेता कार्यकर्ताहरु सहभागी थिए । जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेताहरू हरीवोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, बिनोद विकसहितका लोकप्रिय नेताहरू महेश्वरको साथमा थिए । जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरित पार्टी केन्द्रले लेखनाथ दाहाललाई जबर्जस्ती टिकट वितरण गरेपछि जिल्ला पार्टीले महेश्वर लाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो । माओवादी जनयुद्धमा संलग्न रहेर जन पक्षीय पत्रकारिता गर्दै आएका दाहाल सिन्धुलीमा ईमानदार र निस्कलंक नेताका रूपमा चिनिएका छन्।

प्रकाशित मिति : २०८२, ६ माघ मंगलबार  ४ : ३८ बजे

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १

प्रतिनिधि सभा निर्वाचनका मतपत्र छपाइ अन्तिम चरणमा

भक्तपुर । प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छपाइ अन्तिम चरणमा