२०८३, ११ कार्तिक बुधबार

केपी शर्मा ओलीद्वारा सोनाम ल्होछारको शुभकामना: “राष्ट्रिय एकता कमजोर पार्ने प्रयास अस्वीकार्य”

केपी शर्मा ओलीद्वारा सोनाम ल्होछारको शुभकामना: “राष्ट्रिय एकता कमजोर पार्ने प्रयास अस्वीकार्य”


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको प्रमुख पर्व सोनाम ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्दै राष्ट्रिय एकता, सामाजिक सद्भाव र समावेशी विकासको पक्षमा दृढ राजनीतिक सन्देश दिएका छन्।

अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्देशमा सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्ष मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान, सहअस्तित्व र सामूहिक चेतनाको प्रतीक भएको उल्लेख गरेका छन्। उनले संस्कृति र पहिचानको नाममा देशलाई विभाजन गर्ने सोच र गतिविधिप्रति स्पष्ट असहमति जनाएका छन्।

शुभकामना सन्देशमा ओलीले भनेका छन्, “हिमालको काखमा जन्मिएको हाम्रो बहुसांस्कृतिक सभ्यताले नेपाललाई एकताबद्ध बनाएको छ। तामाङ समुदायको जीवनदर्शन, भाषा, भेषभूषा, नृत्य र संगीतले हाम्रो राष्ट्रिय संस्कृतिलाई समृद्ध बनाएको छ। संस्कृति र पहिचानलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरी राष्ट्रिय एकता कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ।”

उनले बहुसांस्कृतिकता नै नेपालको शक्ति भएको उल्लेख गर्दै सबै समुदायको समान सम्मान, अवसर र विकास सुनिश्चित गर्नु राज्यको दायित्व भएको स्पष्ट पारेका छन्। अध्यक्ष ओलीले नेकपा एमाले समावेशी लोकतन्त्र, सामाजिक न्याय र सन्तुलित विकासको पक्षमा दृढतापूर्वक उभिएको दाबी पनि गरेका छन्।

सन्देशमा अध्यक्ष ओलीले विकास, स्थायित्व र सुशासन बिना संस्कृति संरक्षण सम्भव नहुने उल्लेख गर्दै देशलाई अस्थिरतामा धकेल्ने प्रवृत्तिको अन्त्य आवश्यक रहेको बताएका छन्। “राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र आर्थिक समृद्धिबिनाको बहुसांस्कृतिक सम्मान केवल नारामा सीमित हुन्छ,” सन्देशमा भनिएको छ।

सोनाम ल्होछारले तामाङ समुदायसहित सम्पूर्ण नेपाली जनतालाई एकताको सूत्रमा बाँध्दै सुख, शान्ति र समृद्धिको यात्रामा अघि बढ्न प्रेरणा देओस् भन्ने कामनासहित अध्यक्ष ओलीले नयाँ वर्षको मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ माघ सोमबार  १० : १० बजे

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता

मलेसिया रोजगारी ठप्प, सरकार वार्तामा अल्झियो; २५ म्यानपावरमाथि अनुसन्धान

काठमाडौं । मलेसियाको रोजगारी संकट गहिरिँदा हजारौँ नेपाली श्रमिक अन्योलमा