२०८३, ३० भाद्र बुधबार

प्रधानमन्त्री कार्की-अन्तर्राष्ट्रिय शक्तिको मिलेमतोमा कांग्रेस-एमाले ध्वस्त पार्ने षडयन्त्र : सचिव महेश बस्नेत

प्रधानमन्त्री कार्की-अन्तर्राष्ट्रिय शक्तिको मिलेमतोमा कांग्रेस-एमाले ध्वस्त पार्ने षडयन्त्र : सचिव महेश बस्नेत


काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले कांग्रेसको भित्री विभाजनमा प्रधानमन्त्री सुशीला कार्की सक्रिय रहेको आरोप लगाउँदै तीव्र आलोचना गरेका छन्। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले भने, “प्रधानमन्त्री कार्की र अन्तर्राष्ट्रिय शक्तिहरूले कांग्रेसलाई भत्काएर रवि लामिछाने जस्ता व्यक्तिगत खेलाडीलाई बलियो बनाउने षडयन्त्र गरिरहेका छन्।

यो लोकतन्त्रमाथि प्रत्यक्ष आक्रमण हो। कांग्रेस-एमाले कमजोर पारेर शक्ति सन्तुलन तोड्ने यो रणनीति देशका लागि गम्भीर खतरा हो।” बस्नेतले निर्वाचन आयोगको छिटो निर्णय पूर्ण रूपमा कानूनविपरीत भएको र राजनीतिक सेटिङमा गरिएको ठानेको समेत स्पष्ट पारे। उनका अनुसार, कांग्रेस-एमाले कमजोर पार्ने र व्यक्तिगत राजनीतिक फाइदा सुनिश्चित गर्ने यो खेल लोकतान्त्रिक अभ्यास र संविधानको लागि चुनौतीपूर्ण संकेत हो।

“यो देशको लोकतन्त्र र पार्टी संरचनामाथि प्रत्यक्ष हमला हो। हामी यसलाई कडा शब्दमा अस्वीकार गर्छौं,” बस्नेतले थपे।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ६ : ५७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक