२०८३, २० आश्विन बुधबार

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी

एमाले सचिवालय बैठक सुरु, प्रतिनिधिसभा उम्मेदवार टुंग्याउने तयारी


काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीतर्फबाट उम्मेदवारको अन्तिम टुंगो लगाउने एजेन्डामा छलफल भइरहेको छ।

निर्वाचन आयोगको कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ता हुँदैछ। मनोनयनको मिति नजिकिँदै गर्दा एमालेले उम्मेदवार चयन प्रक्रियालाई अन्तिम रूप दिन सचिवालय बैठक बोलाएको नेताहरूले बताएका छन्।

यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीहरूले उम्मेदवारको नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अघि सारिएको बताइएको छ।

हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले १६५ वटै निर्वाचन क्षेत्रमा सूर्य चिह्नसहित उम्मेदवार अघि बढाउने तयारी गरेको छ।

यसअघिको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने पूर्ण जिम्मेवारी सचिवालयलाई दिने निर्णय गरेको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान आगामी फागुन २१ गते हुँदैछ।

प्रकाशित मिति : २०८२, ४ माघ शनिबार  ४ : ०१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको