२०८३, २० आश्विन बुधबार

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही

देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन : मीनबहादुर शाही


काठमाडौं । नेकपा एमालेले पपुलिजमको नाममा तात्कालिक लोकप्रियता खोज्ने राजनीतिक प्रवृत्तिले देशलाई दीर्घकालीन क्षति पुर्‍याउने चेतावनी दिएको छ। पार्टीका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले जिम्मेवार राजनीति, विधिको शासन र कानुनी राज्यका संस्थागत अभ्यास नै देश निर्माणको आधार भएको बताएका छन्।

शाहीले नेपाली कांग्रेस लोकतन्त्रको एक आधारस्तम्भ भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा गर्न कांग्रेससँग सहकार्य रहेको स्पष्ट पारे। “देशको स्थायित्व, सुशासन र लोकतान्त्रिक मूल्य–मान्यताका लागि कांग्रेससँगको सहकार्य जारी छ,” उनले भने, “नयाँ शक्तिको नाममा अफवाह र भ्रम फैलाएर राजनीति गर्न खोज्नु अस्वीकार्य छ।”

उनले रवि लामिछानेसम्बन्धी मुद्दा फिर्ता लिने सरकारको योजनाप्रति गम्भीर आपत्ति जनाउँदै कानुनमाथि राजनीतिक दबाब प्रयोग गर्नु गैरकानुनी र लोकतन्त्रविरोधी हुने बताए। “कानुन आफ्नो प्रक्रियामा चल्नुपर्छ,” शाहीले भने, “कुनै व्यक्ति वा दलका लागि कानुन सौदाबाजीको विषय बन्न सक्दैन।” उनका अनुसार पपुलिजमका नाममा भीडतन्को भावनामा खेल्ने प्रवृत्तिले राज्यका संस्थाहरूलाई कमजोर बनाउने र लोकतान्त्रिक प्रणालीमाथि गम्भीर खतरा पैदा गर्ने जोखिम रहन्छ। “देश बनाउने राजनीति चाहिन्छ, पपुलिजम होइन,” उनले जोड दिए।

एमालेले संविधान, कानुन र संस्थागत प्रक्रियाप्रति पूर्ण प्रतिबद्धता दोहोर्‍याउँदै राजनीतिक स्थिरता, सुशासन र आर्थिक सुधारका लागि जिम्मेवार राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको जनाएको छ। पार्टीले आगामी दिनमा पनि लोकतान्त्रिक अभ्यासको दृढतापूर्वक रक्षा गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा शाहीलाई स्वागत गरिएको थियो।

प्रकाशित मिति : २०८२, १ माघ बुधबार  ६ : ४७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको