२०८३, ११ कार्तिक बुधबार

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत

वाचा धेरै, उपलब्धि कम, बालेन साहको तीन वर्षे कार्यकाल असफल : महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले) का सचिव महेश बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको तीन वर्षे कार्यकाललाई असफल ठहर गर्दै प्रधानमन्त्री बन्ने दाबीलाई अपरिपक्व राजनीतिको संज्ञा दिनुभएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै बस्नेतले ठूलो जनअपेक्षा र प्रतिबद्धताका साथ निर्वाचित भए पनि बालेन साहले गरेका धेरै वाचा पूरा गर्न नसकेको आरोप लगाउनुभएको छ। उहाँका अनुसार उपलब्धिभन्दा प्रचार र विवादमा बढी केन्द्रित हुँदा महानगरको समग्र कार्यसम्पादन अपेक्षाअनुसार अघि बढ्न सकेन।

बस्नेतले मेयर साहको कार्यशैली निर्माणभन्दा ध्वंसमुखी देखिएको टिप्पणी गर्दै यही पृष्ठभूमिमा प्रधानमन्त्री बन्ने दाबी गर्नु राजनीतिक हतारो र अपरिपक्वताको द्योतक भएको बताउनुभएको छ।

‘सुशासन र विकास लोकप्रियताले होइन, परिणामले मापन हुन्छ। भाइरल अभिव्यक्तिले होइन, जनताले अनुभूति गर्ने कामले नेतृत्व प्रमाणित हुन्छ,’ बस्नेतले लेख्नुभएको छ।

मेयर साहको राष्ट्रिय सत्ता दाबीले राजनीतिमा अनुभव, जिम्मेवारी र परिणाममुखी नेतृत्वको प्रश्न उठाएको उल्लेख गर्दै बस्नेतले राजनीति चर्चामा रहन होइन, देश र जनताका लागि ठोस उपलब्धि दिन सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ८ : ४५ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता