२०८३, २० आश्विन बुधबार

राप्रपा कार्यालयबाट जबरजस्ती निकालिइन् अनशनरत नानीमैया, ओम अस्पताल भर्ना

राप्रपा कार्यालयबाट जबरजस्ती निकालिइन् अनशनरत नानीमैया, ओम अस्पताल भर्ना


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयबाट अनशनरत नेतृ नानीमैया दाहाललाई जबरजस्ती निकालिएको छ। प्रत्यक्षदर्शीका अनुसार उनलाई लछारपछार र दुर्व्यवहार गर्दै बाहिर निकालिएको हो।

पार्टीको समानुपातिक सूची सच्याउन माग गर्दै नानीमैया दाहाल गत शुक्रबारदेखि पार्टी कार्यालयभित्रै आमरण अनशनमा बसेकी थिइन्। आज संस्थापन पक्षीय महिलाहरू कार्यालय पुगेपछि अनशनस्थलमै तनाव चर्किएको थियो।

नानीमैयाले कार्यालय नछोड्ने अडान लिएपछि केहीबेरमै उनलाई बल प्रयोग गरी बाहिर निकालिएको एक नेतृले जानकारी दिइन्। घटनापछि बेहोसजस्तै अवस्थामा पुगेकी नानीमैयालाई प्रहरीको सहयोगमा ओम अस्पताल भर्ना गरिएको छ।

राप्रपाभित्र घटनापछि तीव्र असन्तोष देखिएको छ। एक केन्द्रीय सदस्यका अनुसार अध्यक्ष राजेन्द्र लिङदेनले अनशनरत नेतृसँग संवादसमेत नगर्नु पार्टी नेतृत्वको कठोरता हो। ‘शान्तिपूर्ण रूपमा माग राख्दा पनि राजनीतिक व्यवहार गरिएन, बरु दमन भयो,’ ती केन्द्रीय सदस्यले प्रतिक्रिया दिए।

उता, राप्रपा संस्थापन पक्षले भने पार्टी बैठकबाट समानुपातिक उम्मेदवार चयन भइसकेको भन्दै विरोधको औचित्य नरहेको दाबी गर्दै आएको छ। घटनाले राप्रपाभित्रको आन्तरिक विवादलाई नयाँ उचाइमा पुर्‍याएको छ।

प्रकाशित मिति : २०८२, २८ पुस सोमबार  ७ : ५७ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय