२०८३, ३० भाद्र बुधबार

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा

एमाले अध्यक्ष केपी ओलीको स्थान हद फुकुवा


काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३–२४ गतेको जेएनजी आन्दोलनको समयमा तत्कालीन प्रधानमन्त्री रहेका ओलीमाथि उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो। आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले सोमबार बसेको आयोगको बैठकले ओलीको स्थान हद फुकुवा गरेको जानकारी दिएका छन्।

ओलीमाथि गत असोज १२ गतेको आयोग बैठकले स्थान हद लगाउने निर्णय गरेको थियो। आयोगले तत्कालीन प्रधानमन्त्रीको हैसियतमा जेएनजी आन्दोलनको क्रममा गरेका कामकारबाहीको सम्बन्धमा अनुसन्धान पूरा भइसकेको र विदेश भ्रमण रोक्का तथा उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएको भन्दै फुकुवा गरेको हो।

ओलीले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा करिब २ घण्टा बयान दिएका थिए र सोही दिन आयोगलाई लिखित स्टेटमेन्ट पनि बुझाएका थिए। आयोगले तत्कालीन सरकारका केही मन्त्री, सुरक्षा निकायका प्रमुख र जिल्ला प्रशासन कार्यालयका प्रमुखसहित बयान लिइसकेको छ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ३ : ०० बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला