२०८३, ३० भाद्र बुधबार

एमालेले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनायो

एमालेले फागुन २१ प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनायो


काठमाडौं। नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया तीव्र बनाएको छ। पार्टीले जिल्ला तथा क्षेत्रीय कमिटीहरूलाई सम्बन्धित निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको छ र देशभर जिल्ला तथा क्षेत्र स्तरबाट सिफारिस प्रक्रिया जारी छ।

सिफारिस क्रममा कतिपय निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका छन् भने केही स्थानबाट एकभन्दा बढी उम्मेदवारको नाम केन्द्रीय समिति पठाइएको छ। यसै क्रममा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले सचिव महेश बस्नेतको नाम एकल सिफारिस गरिएको छ।

बस्नेत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने कांग्रेस–माओवादी गठबन्धनसँग पराजित भएका थिए। जेनजी आन्दोलनको समयमा देशभर बढ्दै गएको अराजक गतिविधि र राजनीतिक दबाबको प्रतिवाद स्वरूप बस्नेत सक्रिय रूपमा राजनीतिक गतिविधि र सडक आन्दोलनमा उत्रिएका थिए। उनको सक्रियताले एमालेका अन्य नेताहरू र अन्य राजनीतिक दलहरूलाई पनि सार्वजनिक रूपमा सक्रिय हुन प्रेरित गरेको थियो।

त्यसैगरी, काभ्रे निर्वाचन क्षेत्र नम्बर २ बाट एमाले नेता गोकुल बास्कोटाको नाम पनि एकल सिफारिस गरिएको छ। बास्कोटा २०७४ र २०७९ प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भइसकेका छन्।

एकल नाम सिफारिस भएकोले यी क्षेत्रबाट बस्नेत र बास्कोटाले चुनाव लड्ने लगभग निश्चित देखिन्छ। तथापि अन्तिम निर्णय पार्टी केन्द्रले गर्नेछ।

प्रकाशित मिति : २०८२, २१ पुस सोमबार  ११ : १४ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला