२०८३, ३० भाद्र बुधबार

सिन्धुली २ मा मनोजजंग बलिया उमेदवार, ९ जना भए शिफारिश

सिन्धुली २ मा मनोजजंग बलिया उमेदवार, ९ जना भए शिफारिश


सिन्धुली । नेकपा एमालेले सिन्धुलीको क्षेत्र नम्बर २ को शुक्रवार सम्पन्न भएको बैठकले तत्कालिन जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यसहित नौं जनाको नाम शिफारिश गरेको छ ।
बैठकमा बोल्ने ९५ प्रतिशत सदस्यहरुले तत्कालिन केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज मनोजजंग थापालाई उमेदवार बनाउन सुझाब दिएका थिए भने एक जनाले मात्र थापालाई उमेदवार बनाउन नहुने बताएका थिए । त्यसरी थापालाई बनाउन नहुने पक्षमा उभिएका थिए, बिनोद श्रेष्ठ । श्रेष्ठले शान्तिमान कार्की, खड्ग खत्री, निरु दर्लामी र कर्ण घिसिङ मध्ये एक जनालाई बनाउँदा यस क्षेत्रमा एमालेले जित निकाल्ने दाबी प्रस्तुत गरिरहँदा ९५ प्रतिशत सदस्यहरुले यस क्षेत्रमा थापाको बिकल्प नरहेको कारणहरु बताइरहेका थिए ।
एमाले नेताहरु गोबिन्दलाल माझी, गोपाल बुढाथोकी, देबी बुढाथोकी, रामकुमार पौडेल, धु्रब लामा, पाल्साङ बम्जनलगायतले यस पटक मनोजजंग थापाको बिकल्प खोज्न नहुने भन्दै बैठकमा कुरा राख्नेहरुको ठूलो समूह देखिएपछि सदस्यहरुलाई आफ्‌नो सुझाब राख्नबाट रोकिएको थियो ।
बैठकमा आफ्‌नो कुरा राख्दै युवासंघ सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनसहित तीन जना सदस्यले भने निर्वाचनमा जित निकाल्न सक्ने नेतालाई मात्रै उमेदवार बनाउन पार्टी नेतृत्वलाई सुझाब दिएका थिए भने चार जना सदस्यले तत्कालिन कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गवहादुर खत्रीलाई उमेदवार बनाउन सुझाएका थिए ।
बैठकमा सबैको स्वर थापाको पक्षमा रहेपनि निर्वाचन क्षेत्रीय कमिटीले थापा सहित वर्तमान केन्द्रीय सदस्य निरु दर्लामी, पूर्व केन्द्रीय सदस्य उमा कोइराला, शान्तिमान कार्की, जिल्ला सचिव नवराज थिङ, पुष्पराज श्रेष्ठ, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ र धनजंग थापाको नाम शिफारिश गरेको थियो ।

प्रकाशित मिति : २०८२, १९ पुस शनिबार  १० : ३५ बजे

इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च

काठमाडौं । इरानसँग जारी युद्धका क्रममा अमेरिकाले हालसम्म करिब ३८ अर्ब अमेरिकी डलर खर्च गरेको

संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार फुटबलर

रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय

काठमाडौं । विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको बैठकले रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा उच्चस्तरीय राजनीतिक

राष्ट्र बैंक ऐन संशोधन प्रतिवेदन अर्थ समितिबाट सर्वसम्मत पारित

काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

काठमाडौं । चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार जनाको शव फेला