२०८३, १९ आश्विन मंगलबार

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली

एक वर्षमै विदेशिए १५ लाख २३ हजार नेपाली


काठमाडौं। नेपालबाट एक वर्षको अवधिमा १५ लाख २३ हजार नेपाली विदेशिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार सन् २०२५ मा अध्ययन, श्रम, पर्यटन र व्यवसायका उद्देश्यले ठूलो संख्यामा नेपालीले देश छाडेका हुन्।

विभागका प्रवक्ता तथा निर्देशक टीकाराम ढकालका अनुसार सोही अवधिमा १३ लाख १३ हजार १९१ जना नेपाली विभिन्न देशबाट स्वदेश फर्किएका छन्। यसले विदेशिने र फर्किने दुवै संख्या उल्लेख्य रहेको देखाउँछ।

नेपालीहरू वैदेशिक रोजगारीका अतिरिक्त उच्च शिक्षा, व्यवसाय तथा पर्यटनका लागि पनि विदेश जाने गरेका छन्। कोरोना महामारीका बेला घटेको विदेशिने क्रम पछिल्ला वर्षहरूमा पुनः बढ्दै गएको विभागले जनाएको छ।

यस्तै, सन् २०२५ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् भने ९ लाख ८२ हजार ५६१ जना विदेशी नेपालबाट फर्किएका तथ्यांक छ।

विदेशिने नेपालीको संख्या निरन्तर बढ्दै जाँदा यसले श्रम बजार, रेमिट्यान्स तथा जनसांख्यिक संरचनामा दीर्घकालीन प्रभाव पार्ने देखिएको छ।

प्रकाशित मिति : २०८२, १७ पुस बिहीबार  ८ : १२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय