२०८३, ११ कार्तिक बुधबार

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु

सिन्धुलीमा गोली लागेर एक युवकको मृत्यु


सिन्धुली । सिन्धुलीमा गोली लागेर एक जना युवकको मृत्यु भएको छ। सुनकोसी गाउँपालिका-५ बन्दिपुरका भिमबहादुर तामाङका २२ वर्षीय छोरा आशमान तामाङको गोली लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार सोमबार आशमान तामाङको शव आफ्नो घरबाट करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका-१ स्थित पिउरी खोलाको जङ्गलमा उत्तानो अवस्थामा फेला परेको थियो। शवको नाइटो भागबाट रगत बगिरहेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको छ। घटनास्थल नजिकै एक थान भरुवा बन्दुक बीच भागमा भाँचिएको अवस्थामा फेला परेको छ। साथै मृतकले भिरेको झोलाभित्र निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो धुलो तथा रातो बिर्को भएको बट्टाभित्र फलाम र सिसाका टुक्रा फेला परेको प्रहरीले जनाएको छ।

घटनास्थलमा लास जाँच मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ। प्रारम्भिक अवस्थालाई हेर्दा बन्दुक आफैँ चलाउँदा दुर्घटनावश गोली लागेको वा कसैले कर्तव्य गरी हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरी टोलीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२, १५ पुस मंगलबार  ९ : १२ बजे

युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा मगर

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो युवा

आईजीपी कार्कीले दिए चाडपर्व सुरक्षा निर्देशन, संगठनभित्रका गतिविधिप्रति पनि जनाए असन्तुष्टि

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका प्रहरी कार्यालय

नयाँ प्रविधि : नेपाली कम्युनिस्ट आन्दोलन

विश्व कम्युनिस्ट आन्दोलन इतिहासको एउटा निर्णायक मोडमा उभिएको छ। सन्

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म

ओलीको आक्रामक अभिव्यक्ति : ‘स्वाधीनता खण्डित भयो’, एमालेले आन्दोलन गर्ने

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको स्वतन्त्रता